तिम्रो मेरो भेट भयपछि त घरबार भयो,
यहि सुख र दुःखको हाम्रो संसार भयो।
अँध्यारो जिवनथ्यो एक्लो कष्टकर पनि,
हाम्रो भेट पछि नै जिवनसँग प्यार भयो।
खोजेनौ हामिले धन न सम्पति बिच मा,
रता एकैनासे तिम्रो हाम्रो ब्यबहार भयो।
कुनै सिकायत भैन तिम्रो नभयो मेरो नी,
जीवनभरी मायाँ प्रिति पनि अपार भयो।
घुस्न सकिन तिम्रो मेरो बिच कुनै बतास,
त्यसैले त सदियौँ प्यारको आधार भयो।
धनी बन्ने त कत्ति भयन रहर हामि लाई,
यिनै हातहरु जिवन धान्ने औजार भयो।
सुरेशकुमार पाण्डे