• होमपेज
  • राजनीति
  • नेकपा प्रचण्ड, नेपाल समुहको बाजुरामा ५ सय १ सदस्य आन्दोलन समिति गठन

नेकपा प्रचण्ड, नेपाल समुहको बाजुरामा ५ सय १ सदस्य आन्दोलन समिति गठन

  • बुधबार, पुस १५, २०७७
नेकपा प्रचण्ड, नेपाल समुहको बाजुरामा ५ सय १ सदस्य आन्दोलन समिति गठन

बाजुरा–नेकपा प्रचण्ड नेपाल समुहले बाजुरामा ५ सय १ सदस्यि आन्दोलन परिचालन समिति गठन गरेको छ । प्रचण्ड नेपाल समुहको जिल्ला कमिटि बैठक बाट नेकपा कार्यलय सदस्य गगन रावलको संयोजकमा ५ सय १ आन्दोलन समिति गठन गरेको पत्रकार सम्मेलन मार्फत सो समुहले वताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा केन्द्रिय सदस्य तथा शुदुरपश्चिम प्रदेश आन्तरिक मामिला मन्त्रि प्रकाश शाहले केपी ओलीले गरेको संसद बिघटनका बिरुद्ध कार्यलय सदस्य रहेका गगन रावलको संयोजकत्वमा ५ सय १ सदस्य आन्दोलन समिति गठन गरेको वताए छन् । प्रदेश समितिको बैठक पछि जिल्लामा आन्दोलनका कार्यक्रम घोषणा हुने शाहले पत्रकार सम्मेलनमा बताएका छन् ।
नेकपा, प्रचण्ड नेपाल समुहले गरेको पत्रकार सम्मेलनको सञ्चालन नेकपा जिल्ला कमिटि सदस्य गोरख सार्कीले गरेका थिए । कार्यक्रममा प्रदेश कमिटि सदस्य केशब बिक, दिपक बुढा, महेश शाहि, निर शाहि लगायत नेता तथा कार्यक्रताको सहभागिता रहेको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै केन्द्रिय सदस्य शाहले भने केन्द्रिय राजनिति पनि प्रचण्ड, नेपाल समुहमा नेकपा र सुर्य चिन्ह रहेको वताए । उनले भने आफुहरु सँग बहुमत केन्द्रिय सदस्य र प्रतिनिधि सभा सदस्य रहेको वताए । संसद बिघटनका बिरोधमा चरणबद्ध आन्दोलन गर्ने शाहले वताए ।

चर्चामा

सम्बन्धित समाचार