• होमपेज
  • राजनीति
  • मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् मन्त्री ?

मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् मन्त्री ?

  • शुक्रबार, पुस १०, २०७७
मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् मन्त्री ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी अघि बढाएका छन् । बालुवाटार स्रोतले जानकारी दिएअनुसार प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सम्भावना छ ।

पुस ५ गते संसद् विघटन गर्ने सिफारिस गरेसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधकुमार नेपाल समूहका सातजना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए । राजीनामा दिनेमा प्रचण्ड पक्षका पाँचजना र माधव नेपाल समूहका दुईजना थिए ।

त्यही स्थानमा नयाँ मन्त्री पूर्ति गर्न लागिएको बालुवाटार स्रोतले जानकारी दियो ।

केन्द्रीय कमिटीको बैठक सकिएपछि सञ्चारकर्मीलाई ब्रिफिङ गर्दै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पनि छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका थिए । केन्द्रीय कमिटीको बैठक सकिएपछिको काम नै मन्त्रिपरिषद् पुनर्गठन हुने उनको भनाइ थियो ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएपछि आकाङ्क्षीहरू बढेका छन् । मन्त्री बन्ने सूचीमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, विशाल भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, प्रेम आले, पदम गिरी, कृष्णकुमार श्रेष्ठ, गणेशसिंह ठगुन्ना, नारदमुनी राना, नवराज सिलवाल, दलबहादुर रानालगायतको नाम चर्चामा रहेको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री ओलीले निवर्तमान (विघटित प्रतिनिधिसभाका सदस्यहरू) सांसदमध्येबाटै मन्त्री नियुक्त गर्ने तयारी गरेको पनि स्रोतको जिकिर छ ।

चर्चामा

सम्बन्धित समाचार