मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • राजनीति
  • माधव नेपाललाई नेकपा अध्यक्षमा प्रस्ताव, ओलीलाई हटाउने निर्णय

माधव नेपाललाई नेकपा अध्यक्षमा प्रस्ताव, ओलीलाई हटाउने निर्णय

  • मङ्लबार, पुस ७, २०७७
माधव नेपाललाई नेकपा अध्यक्षमा प्रस्ताव, ओलीलाई हटाउने निर्णय

नेकपाभित्रको केपी ओली इतर समूहले माधव नेपाललाई पार्टी अध्यक्ष प्रस्ताव गरेको छ । मंगलबार कार्यकारी अध्यक्षप्रचण्डसहितको ओलीइतर समूहको स्थायी समिति बैठकले माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको एक स्थायी समिति सदस्यले रातोपाटीलाई जानकारी दिए ।

यस्तै बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै नेपाललाई नयाँ अध्यक्ष बनाउने सहितको प्रस्ताव केन्द्रीय समिति बैठकमा लगिएको छ । बैठकको निर्णयअनुसार कार्यकारी अध्यक्षको प्रावधान राखिएको छैन ।
सोबारे छलफल गर्न अहिले नेकपाको ओली इतर समूहको बैठक राजधानीको कार्की ब्यांकेटमा सुरु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार