चिसो-लघुकथा!

  • शनिबार, पुस ४, २०७७
चिसो-लघुकथा!

सुरेशकुमार पान्डे।
आज त बिहानै देखुन तुसारो परेकोछ।हुँन त मङ्ग्सिर पुशको मैनामा चिसो बढेकै हुँन्छ।तर यसपाली धेरै चिसो भयको महेशुर्स भयको थियो।
बाहिर कोईरो लागेको जस्तै थियो चारै तिर अन्ध्यारो,लाईटको रोसनीमा पनि गाडि गुडेको देखिदैन थ्यो।एकदमै नजिक आएपछि मात्रै हैड लाईट चम्किने हुँनाले एक्सिडैन्टको पनि ठुलो खतरा बडेको थियो।
दिउस भरी काम बाट थाकेका गोबरधन लगायतका केटा हरुले परदेशमा एउटा बेटर पार्टिमा काम गर्थे अहिले बिहेको लगन खासै नभयकोले उनिहरु बिना काम खालि बसेकाथिए।यो रुढीवादी बिचारधारका प्रकोपले पनि त गरिब मज्दुरदाई नै पेलेको हुँन्छ।
तर हिँजो र आज उनिहरुले कुनै फोन्शनमा निमेक गर्न पाएका थिए।काम नगर्दै गरिबको चुलो जल्दैन त्यहि कामपनि नियमित मिल्दैन।जुगराज र गोबरधनले काम गर्न गएकै ठाउँमा एक एक गिलास मदिरा पनि तन्काए धेरै दिनबाट यस्तो अबसर मिलेकै थिएन,मौकामा चौका हन्नै पर्छ लौ तन्काउ भन्दै गोबरधनले भाँडा धस्काई रहेको जुगराजलाई एक गिलास टक्राएको थियो। तर चिसोले लगलग सरिर काँपेको थिए।त्यँहा केही स-साना केटाहरुले पनि होटेलमा काम सकेर क्वाटरमा आएका थिए।कति चिसो बढ्यो होईन?जुगराजले क्वाटरको भित्र पस्दै भन्यो,उस्को जिब्रो लटपट गर्दा उस्लाई मदिरा लागेको भान हुँन्थ्यो।पहिले देखि बसेका केटाहरुले जुगराजलाई हेरेर एक आर्काको मुखमा हेर्दै खिसिक्क हाँस्छन।तर केहि बोल्दैनन,नसा उनिहरुलाई लागेपनि जाडो ता सबैलाई लागेकै थियो।
सबैको सल्हामा गोबरधनले आगो बाल्न केटाहरुलाई लगाउँछन।केटाहरुले गोबरधनको आदेशको पालना गर्दै आगो बाल्न काठका कोईलाहरु प्रयोग गरेर अंगिठी सल्काउँछन।
अहिले धुँधले भाईर सरोबर केहिपनि देखिदैन।चिसो ब्यापक बढ्दैछ।छिटो ल्याउ अंगिठी केटा हो! गोबर्धनले आदेश गर्छ।हौश हजूर ल्याउँदैछम खिमु र रामुले शँयुक्तमा जवाफ दिन्छन।एकछिन पछि उनिहरुले कोईला बालेको अंगिठी भित्र क्वाटरमा राख्छन्।उनिहरु सबै पाँच छ जना मिलेर यो क्वाटर लाई किराएमा लिएका थिए।त्यो ठाउँमा सबैले प्राईबेट काम गर्नेहरु मिलेर बसेकाछन।
गोबरधन भने ठेकेदार हो।उ सँग झिना मसिना काम आईनै रहन्थे काम नगरेरपनि के गर्ने आखिर आर्काको देशमा दुई पैसा कमाउँने उदेश्यले नै सबै गयका हुँन्छन।
अंस्ति केहि मान्छेहरु मरेका छन परदेशी भूमीमा गोबरधनले बिस्तारै एक घुट्टकि मदिरा पिउँदै भन्छ।उस्ले पार्टि बाट एउटा सिङ्गै बोतल पनि ल्याएको थियो।कुन ठाउँका रैछन दाई ?जुगराजले सोध्छ।खै भाई हिटर चलाएर सुतेका बिहान त मृत्यु भयको थियोअरे मैले अखबारमा पढेको थिएँ पुरा पढ्ने समय भैन माथिको हेडिंग मात्रै पढ्न भ्याए! गोबरधनले भन्छ।दुबै जनाले बसेर आगो ताप्दै गफ हाल्दै थिए।
हिटरबाट आगो लागेछ कि ?होईन उनिहरुले राति सुतेका चड्का पट्कै भयको खबर थियो। किन र कसोगरी भयो त्यो भने थाहा भैन भन्दै! गोबरधनले आर्को घुट्टकि खान्छ।
नसा पुरै थियो दुबै जनाले रक्सि पिएता पनि अरु दुई जनाले भने सुत्ने तरखरमा थिए।उनिहरुले मदिरा पिउँदैनथे।यस पछि बाहिरका सबै दैलो बन्द गरेर भित्र कोठामा बसेर आगो सेक्दै थिए अचानक उनिहरु सबैलाई
एकैछिनमा निद्राले सतायो र उनिहरु सबै जना बिहोश भयको जस्तै भयछन।तर उनिहरुलाई निन्द्रले होईन बरु उक्त कोईलाको आगो बाट निस्किने मनोअक्साईड ग्यासले उनिहरु बिहोश भएका थिए।त्यो कोठामा सुतेका जुगराज ,गोबरधान खिमे र राजुहरु समेतको त्यो थोरै ला-प्रबाहिले ज्यान लिएको थियो।
आज बिहानै उनिहरुको उक्त मनो अक्साईड ग्यास बाट भयको निधनले त्यो ठाउँका सबै मान्छेहरु सोकाकुल भयकाछन।आखिर चिसो बाट बच्नलाई कयौँ जनाको अकालमा मृत्यु भयको थियो।
“जिन्दगी अमूल्य हुँन्छ कृपया लापर्वाही गरेर आफ्नो अमूल्या जिवनलाई खेरा नफालौँ।”भोली पल्टको एउटा अखबारमा लेखिएको हेडिंग थियो।
(यो कथा का पात्रहरुको नाम र कथा काल्पनिकहो।कसैको निजि जिवन सँग मेल खान गयो भने मात्र सञ्जोग हुँनेछ।)

चर्चामा

सम्बन्धित समाचार