आगनभरि फुल फुलाएझै
सन्तानकाे भिडले आगन भरेकी तिनै बृध्द आमा
आज उदास छिन् , भावविहल छिन्
घरपारिकाे त्याे घना जङ्गलमा हरदिन
न्याउली राेईरहन्छ, कराईरहन्छ
तिनै बृध्द आमाकाे शाथी बनिरहेछ ।(१)
आगनमा बसेर उ परकाे काँध हेरिरहन्छिन्
आफैँ मुस्कुराउछिन् काेहि नाैलाे मान्छे देख्दा
हत्तपत्त मन फुरुङ्ग बनाउँछिन्
रित्तिएकाे आगनमा एउटा गमला सजाउँछिन्
तर, बाध्यताले रित्तिएकाे त्याे काेख्
फेरि पनि रित्ताे नै छ… ।(२)
काेखमै हुर्केका तिनै काेमल फुलहरु
कतै फुल्न नपाई आेईलिन पाे पुगेकी?
छिमेकीले पनि खेतकाे आली मासिरहेछ काैशीमा हर बिहान काग कराईरहेछ,
सुन्दर भविष्यकाे खाेजिमा रित्तिएकाे त्याे काेख
फेरि पनि रित्ताे नै छ… ।(३)
गहभरि आँसुकाे फेवाताल बनाउँछिन
पाखुरी हुन्जेल आगनभरि सन्तान हुर्काएकी तिनै आमा …
आज उमेर ढलेकेपछि एक्लिनुकाे पिडासंगै
तै पनि पुरानाे देखावटी मुस्कान भुलेकी छैनन्
सक्कली मुस्कानकाे खाजिमै रित्तिएकाे त्याे काख…
फेरि पनि रित्ताे नै छ…।(४)
ढाेकाबाट आधा ज्यान बाहिर आधा भित्र पार्दै
दिनभरि प…रसम्मकाे बाटाे हेरिरहन्छिन्,
जब अँधेराेले आफ्नाे हक जमाउँन थाल्छ
पुनः अगेनाे नजिक पल्टिन्छिन् ,
उ बेला अगेनाेभरि भिड पार्दै सन्तान हुर्काएकी तिनै आमा…
अहिले बुढेसकालमा रित्ताे छ त्यही अगेनाे
अगेनाेसंगै रित्तिएकाे त्याे काख…
फेरि पनि रित्ताे नै छ… ।(५)