आमाको फाटेको चोली टाल्यो परदेशले
खर फाली जस्ता पाता हाल्यो परदेशले
दियालो को अभाव हुने कति थिए बस्ती
दुर दरामा सोलार बत्ती बाल्यो परदेशले
दुख अनि पीडा मात्र भए पनि परदेशमा
गरिबी अनि बेरोजगारी ढाल्यो परदेशले
मोहि नभइ चाडबाड खल्लो हुन्थ्यो पहिले
त्यै गरिबले नि लैनो भैंसी पाल्यो परदेशले
ऋणले थिचि बुढि आमा रून्थिन धर धर
ढुक्क हुन ऋण फिर्ता फाल्यो परदेशले
एक सरो लुगा किन्न ऋण लिनु पर्थ्यो
लुगा किन्ने पैसाहरू दिन थाल्यो परदेशले