बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • चोरलाई चाबी-लघुकथा!

चोरलाई चाबी-लघुकथा!

  • बिहिबार, पुस २, २०७७
चोरलाई चाबी-लघुकथा!

सुरेशकुमार पान्डे। के गर्दैछस छोरा जंगेले आफ्नो छोरालाई सोध्दैछ!बाबा जिम्मालको वाहि खातामा सहि गरेर केहि पैसा निकाल्छु र हजूरको उपचार गर्छु।अहिले म सँग पैसा छैन।जंगेको छोराले भन्छ।छोरा राम्रो गरिस जो मलाई समयमै भनिस।सुन त्यो बिर्खे र ठुम्रिको दुईजनाले जुन बारीमा कामगरि रहेकाछन त्यसको मालिक पनि उनै थिए।कहिलेई पनि चोरलाई चावी दिने काम नगर्नु छोरा।जंगेले आफ्नो छोरालाई सम्झाउँदै भन्छ।सुन मैले उनिहरुको शंक्षिप्तमा कथा सुनाउँछुँ।उस्ले भन्दै जान्छ पुरानो कथा।
नमस्कार!जीम्माल बाबुका अगाडि दुबै हात जोडेर बिर्खे उभियकोछ।हँ भन के कामले आईश बिर्खे?उस्ले नमस्तेको जवाफ नदिई प्रश्न राख्छ।मलाई हजूर सँगै काम थियो!बिर्खेले बिन्ति गर्छ।भन-भन जिम्मालले भन्न आग्राह गर्छ।मलाई केहि रकम सापट दिनु हुन्छ की भनेर आएको हजूर!बिर्खेको बिन्ति नसुन्या झैँ गर्दै नजिकोको शोफामा थचक्क बस्छ।
घामले नेटो काट्दै थियो मौशम चिसा भयकोले दिन अलि छोटा थिए,आज बतासपनि चिसो छ कतै हिउँपरेको जस्तो।एक छिन कोठामा सुनसान हुन्छ बिर्खे बाहिरै सँघारमा उभिएको थियो। जिम्माल भित्र सोफामा बसेर वाही खाता हेर्दै थियो।यो नयाँ युगको जिम्माल सँग दया माया भन्ने कुरै थिएन,भित्र बाट एउटा बृद्ध पुरुषले चिया ल्याई दिनछ र उस्को अगाडीको टेबुलमा राख्छ र फर्किन्छ।
जिम्मालले बिस्तारै चियाको चुस्कि सँगै एउटा खातालाई खगाल्छ।बाहिर संगारमै बिर्खे ठिङ्ग उभिएकोछ।केहि बेर पछि चियाको कप खालि गराएर।टेबुलमा खुट्टा सोजा गराउँदै लामू हुँन्छ।तेरो खातामा अहिलेपनि रिण चुक्त छैन र पाँच हजार तिर्नै बाँकि देखिन्छ।पहिले खात किलिएर गर फेरी लैजालास भन्दै एउटा पर्चि उस्को हातमा थमाउँछ।
बिर्खेलाई पैसा नभै नहुँने थियो उस्कि स्वास्नी ठुम्रि सिकिस्त छे,बिना पैसा डाक्टरले हेर्दैनन।धामि झाक्रि गर्दा गर्दै झन बडि बिमार भयकिछ।जिम्मालको कुरा सुनेर बिर्खे चकित परेकोछ किनकी उस्ले पाँचहजार त कहिलेई लगेन।बरु ठुम्रिले उस्को घरमा काम गर्थि आफुले पनि खेतबारीको काम गर्थ्यो एक पटक जिम्मालको बाले उस्लाई तिहारको खर्च भन्दै पाँच सए रुपाया दिएका हुँन।
त्यसपछि उस्ले केहिपनि लगेकोछैन।
हजूर खाता एक फिटिक अरु हेरिबक्सियोश कतै नामको फरक परेर होकी मैले त कहिले लगेकोछैन यत्रो दाम त!बिर्खे आश्चार्य हुँदै आग्रा गर्छ।
जिम्माल नबोली नबोली फेरी त्यो रातो बुकलाई खगाल्छ र उस्लाई देखाउँदै भन्छ!हेर बिर्खे यो तेरो शहिछाप हो की होईन?जिम्मालले कापि देखाउँदै भन्छ।हो हजूर सहि-छाप त मेरैहो तर..!तर के?उस्को बोली बिचैमा काटेर जिम्माल ग्रजिँदै बिर्खे तिर राता आँखाले पिर्लुक्कै हेर्छ,मानौ बागले बाख्रो तिर हेरेको जस्तै।यति बेला जिम्मालका लागि बिर्खे बाख्रै त थियो।एका तिर ठुम्रि को त्यो रोगले ग्रस्थ सरिर आर्को तिर जिम्मालको यो रिण बिर्खेको मन मष्तिकमा गहिरो छाप पर्छ।होला हजूर तर अहिले मलाई थोरै भयपनि रकम दिई बक्सियोश म पछि चुक्ता गरुला!उस्ले बिन्ति गर्छ।के चुक्ता गर्छस तँ साहुमाराले पहिले लगेको बिर्षिएर यस्तोछ म तेरो रत्तिभर बिस्वास गर्दैन।यो सहिछाप नभयको भय मेरो पाँच हजार र त्यस्को ब्याजपनि डुब्ने थियो।जिम्मालले कोखे नजरले उस्लाई हेर्दै भन्छ।
बिर्खेको एउटा पाटो खोस्न गरेको कोसिसमा अहिले जिम्माल सफल हुँने बाताबर्ण बन्दै गयकोमा मनमनै जिम्माल हर्षित भयकोछ।हेर बिर्खे तँलाई दिएको पर्चिमा मैले ब्याज जोडेको छैन पाँच हजारको र स्याज गर्दा झन्नै दश पुग्याछ अब कति चाहिन्छ भन?जिम्मालले न्रम स्वभाबको प्रदर्शन गरेझैँ आफुलाई उद्धारवादी बनाउँन खोज्छ।उस्ले पहिले बिर्खेको त्यो पाटो हडप्ने चाजो पाँजो मिलाएको थियो यहि बेलामा ठूम्रि बिमार परी उस्को योजना सफल हुँदै थियो।
बिर्खेले अब अरु दश हजारको माग राख्छ।लैजा तर यो कागजमा सहि गर भन्दै एउटा तमसुक लेख्छ।जस्मा छे मैना भित्रमा बिस हजार रुपाया र त्यहको ब्याज चुक्ता गर्न नसके त्यो पाटो जिम्मालको हुँनेछ।त्यस्तो तमसुकमा सहिछाप गरेर बिर्खेलाई दश हजार रुपिया दिन्छ।
उनिहरुको ढिलाईले गर्दा ठुम्रि लाई धेरै बिमारले चाँपेको थियो तैपनि जिम्माललाई धन्यावाद दिदै बिर्खेले ठुम्रिलाई लिएर सहर जान्छ।त्यो दश हजारले एउटा अलि सस्तो अस्पत्ताल मा उस्लाई भर्ति गर्छ।केहिदिन सम्म उपचार पछि ठुम्रिलाई निको ता हुँन्छ तर बिर्खेको घर बास जिम्मालले कब्जा गरिसकेको थियो।
दुबै जनाले त्यो आफ्नै बारीमा फेरी मज्दुरी गर्दै थिए।अहिले उनिहरु भूमिहिन मज्दुर भयकाछन।हामिले कहिलेपनि भोली आई पर्ने समस्या प्रति आँखा चिम्लिनु हुँदैन।लौ छोरा मं सँग केहि दामछ यस्बाट अहिलेलाई कामचल्छ।
जँगेले आफ्नो कथाको बिट मार्दै भन्छ। कथा काल्पनिक हो।यसका पात्र र कथा कसैको नीजि जिवन सँग मेल खाएमा सञ्जोग मात्र हुँनेछ।

चर्चामा

सम्बन्धित समाचार