तागत न होला तर शंघर्ष जारी छ,
गनतब्य पनि हाम्रो धेरै नै पारी छ।
सजिलो छैन जिवनको बाटो पनि,
आफ्नै दुःखको झनठुलो भारी छ।
किन हो जिवन धेरै गरुङ्गो लाग्यो,
मन मष्तिक पनि लाग्छ बिमारीछ।
आमा थाकि सके मै पनि त लडेर,
केभनौ मन दुई डुङ्गामै सवारी छ।
जिवन भरी पसिना पोखेर के भयो,
घरमा धन होईन रिणकै भकारी छ।
आज किन एक्लो महेशुर्ष भयो हेर,
सुखःको आसमा बसेको दुखारी छ।
सुरेशकुमार पान्डे।