मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • साँफे मार्तडी सड्ककाे छेउमा उखु र केरा खेती

साँफे मार्तडी सड्ककाे छेउमा उखु र केरा खेती

  • बुधबार, मंसिर २४, २०७७
साँफे मार्तडी सड्ककाे छेउमा उखु र केरा खेती

बाजुरा — साँफे मार्तडी सडक खण्डको बाजुराको डाबबजार देखि मार्तडी सम्म छेउछाउमा उखु र केरा खेति शुरु गरिएको छ । कृषि ज्ञान केन्द्र बाजुराले गत बर्ष देखि किसानहरुलाइ अनुदान दिएर खेति शुरु गरेको छ ।
सडक किनारको खाली रहेको वाँझो जमिनको सदुपयोग हुने र अर्को स्थानियलाई जिविकोपार्जनमा सघाउ पुग्ने भएकाले राजमार्गको छेउछाउमा केरा र उखु खेति शुरु गरिएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद जैशिले वताएका छन् । यो खेतिले केही हदसम्म भए पनि भु–क्षय नियन्त्रण हुने, सडकमा हिड्दा दायाँ वायाँ तिर देखिने उखु र केराका वोटले धेरैको धारणामा सकारात्मक परिवर्तन आई गरिखाने सोचको विकास हुने भएकाले यो खेति शुरु गरिएको बताएका छन् ।

No description available.
उखु र केरा आफैमा नगदे वाली भएको हुँदा यसको विक्रि वितरण पनि विशेष गरी सडक छेउछाउमै राम्रो हुने हुँदा कृषकको आम्दानीमा वृद्धि हुने भएकाले केरा र उखु खेति शुरु गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोबिन्द्र सिजापतिले वताएका छन् । सडकमा यात्रा गर्ने यात्रुहरुले सुपथ मुल्यमा स्थानिय अर्गानिक उत्पादनको स्वाद लिन सक्ने भएकोले पहिलो चरणमा साँफे मार्तडी सडक कोरीडोर र विस्तारै अन्य शाखा सडकमा समेत विस्तार गर्ने लक्ष रहेको ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
सडकको छेउमा शुरु गरिएको केरा र उखु खेतिले हराभरा सँगै आर्थिक उपार्जनमा निकै सघाउ पुयाउने भएको स्थानिय लालबिर नाथले वताएका छन् । लगाएको ठाँउमा केरा फल्न पनि शुरु भइसकेको उनले वताएका छन् । कृषि ज्ञान केन्द्र बाजुराले आर्थिक वर्ष २०७६।०७७ मा साँफे मार्तडी सडक कोरीडोरका ९ सय ५० जना कृषक परिवारलाई ६ सय ५० कुईन्टल उखुको वीउ वितरण गरिएको थियो । आर्थिक वर्ष २०७७।०७८ मा सडकको ५०० मिटर दायाँ र वायाँ क्षेत्रमा स्थानिय केरा रोप्ने कृषकलाई प्रतिवोट रु २० का दरले अनुदान उपलव्ध गराउने कार्यक्रम रहेको उनले कार्यलयले जनाएको छ ।

No description available.
स्थानिय केरालाई रोग तथा किरा कम लाग्ने, मिठो स्वाद र न्युन व्यवस्थापन, सिंचाई तथा गोडमेलमा पनि सजिलै उत्पादन दिन सक्ने विशेषता रहेको छ । यसवर्ष सडक कोरीडोरमा २५ हजार स्थानिय केराका वोट रोप्ने कार्यक्रम रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत बर्ष वाँकि रहेको क्षेत्रमा थप उखुको क्षेत्र विस्तार गरिने कार्यलयले जनाएको छ ।
गत वर्ष रोपिएको उखु बाट यस वर्ष उत्पादन भई विक्रिका लागी योग्य भएकोले ५० प्रतिशत उत्पादित उखु वीउको रुपमा प्रयोग गरि थप क्षेत्र विस्तार गरिने र वाँकि ५० प्रतिशत उखु वाजुराको स्थानिय भेली वनाएर विक्रि गर्ने योजना रहेको छ । जिल्लामा मुख्य वजार केन्द्र मध्ये एक स्थानमा स्थानिय भेली उत्पादन गर्ने साना उद्योगको स्थापना गर्ने र वाँकि चार वटा स्थानमा चार वटा उखु वाट जुस वनाउने मेसिन वितरण गरिने पनि जनाईएको छ ।
सामाजिक तथा आर्थिकरुपमा पछिपरेका कारण बाजुरा जहिले पनि गरिवि र अभावको जिल्ला भनेर चिनिने गरेको पुरानो पहिचानलाई यस्तै किसिमका स-साना आयआर्जनका कार्यक्रम संचालन मार्फत यहाँको अवसर र सम्भावनालाई उजागर गर्दै उमशिलताको विकास गरी कृषकहरुको आयआर्जनमा वृद्धि गर्ने गरी कृषि ज्ञान केन्द्र वाजुरा लगायत स्थानिय तहले विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार