नेकपाको निकै चर्चित आजको सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा मागिएको छ । अध्यक्ष प्रचण्डले पेश गरेको १९ पेज लामो राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीलाई गम्भीर आत्मसमीक्षा र आत्मालोचन गर्दै पार्टी एकता र संविधान रक्षाका लागि आवश्यक त्याग गर्न सुझाव दिएका छन् ।
प्रतिवेदनको निष्र्कष खण्डमा प्रचण्डले भनेका छन्,—‘म आशा गर्दछु कि कमरेड के. पी. ओलीले प्रमुख रुपमा गम्भीर आत्मसमिक्षा र आत्माआलोचना गर्दै पार्टी एकता र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् देशको निर्माणमा आवश्यक त्याग सहित पहल लिई समुचित योगदान गर्नुहुनेछ ।’
एमसीसीमा धोका
प्रचण्डले दस्तावमो एमसीसीका सम्बन्धमा पार्टीलाई पूर्णरुपमा गुमराहमा राखेको आरोप लगाएका छन् । राष्ट्रिय हितविपरीतका बुदामा गोप्य सम्झौता गरेको भन्दै प्रचण्डले संसदको विशेषाधिकार पनि हनन गरेको उल्लेख गरेका छन् ।
प्रचण्डले भनेका छन्, —‘पहिलेको सम्झौताभन्दा राष्ट्रिय हित र स्वाधीनतामा आँच पुग्नेगरी पार्टीबाट गोप्य राखेर कार्यान्वयन सम्झौता गर्नुभयो । कार्यान्वयन सम्झौताले मूल सम्झौताका कतिपय प्रावधानलाई समेत परिवर्तन गरेको छ । संसदमा अनुमोदनका लागि विचाराधीन सम्झौताबारे निर्णय नहुँदै सम्झौताका प्रावधानमा संशोधनका लागि अर्थमन्त्रीद्वारा एमसीसीसँग गोप्यरुपमा पत्राचार गरियो । यसबाट संसदकै विशेषाधिकारको हनन गरियो ।’
संसद भंगको प्रयास
प्रधानमन्त्री ओलीलाई प्रचण्डले स्वतन्त्र न्यायपालिकाका प्रमुख चोलेन्द्र शमशेरलाई बोलाएर संसद भंग गर्ने, संकटकाल लागु गर्ने, द्वन्द्वकालीन मुद्धाहरुलाई निहित उद्देश्यका लागि दुरुपयोग गर्ने प्रयास गरेको आरोप लगाएका छन् । साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विमति राख्नेहरुसँग प्रतिशोध साँध्न दुरुपयोग गर्न खोजिएको पनि प्रचण्डले दस्तावेजमा उल्लेख गरेका छन् ।
पार्टी फुटाउने प्रयास
ओलीले आफ्नै पार्टी फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको पनि बताएका छन् । अध्यादेश ल्याइनु अघि पशुपति क्षेत्रमा रहेको एउटा होटलमा गुटको भेला गरी पार्टीमा एकलौटी रुपमा कब्जा जमाउने र त्यसो गर्न नसकिए छुट्टै पार्टी खोल्ने योजना अनुसार अध्यादेश ल्याएको दाबी गरेका छन् । दस्तावेजमा भनिएको छ, —‘आपत्तिजनक रणनीतिका साथ आफ्ना निकटस्थहरुलाई अरु नेताले पार्टी विभाजन गर्न लागेकाले अध्यादेशको आवश्यकता पर्नगएको झुटा कुरा प्रेषित गरियो । यस्तो कार्य पार्टी एकता, नेकपा पंक्ति र नेपाली जनताको भावना विपरीत थियो । ’
प्रचण्डको प्रस्तावको पूर्णपाठ :