को हो ऊ
जो सिन्दुर पोते
महंगो सारी महंगा गरगहनाले
मंहंगो सिंगारपटारले धपक्क बलेकी छे
वरीपरी उस्लाई हेर्नेको भिड छ
ऊ त्यही दुनियाले आखामा पट्टी बाधेर
बर्णन गरी दिएको मा मख्खै छे
एक पुरूष जस्लाई दुनिया आदर्णीय भनेर बोलाउॅछ
त्यही पुरुषले उस्लाई महारानी भनि बोलाउदछ
अनि त्यो शक्तिशाली पुरूषले महारानी
बोलाउदा, अहो उस्को अहंकार !!
यसै आफ्नो पैतला नहेरेकी ऊ झनै यी दुनियाको
टाउको भन्दा पनि माथि देख्छे आफुलाई
सानै सानमा तनक्क घाटी तन्काउदै
नोकर चाकर चलाउॅछे
साह्रै गर्व छ उस्लाई बा आमाको घरमा
आफ्नै हातले नखाएकी ऊ
कहिले बालापनमा साह्रो भात नचपाएकी ऊ
पराई घर जादा दाईजो संगै चाकरेहरू पाएकी
कति अहंकारीकी कुरूप देखिन्छे ऊ
एकछिन मैले आखा खोलेर हेरे
छि छि उस्को जीन्दगी
कठै बिचरी कति भ्रममा बाचेकी ऊ
उस्को जति बिचरा जिन्दगी खै कस्को होला
एक परजिवी एक जुका
एक निर्जिब मुर्ति
एक मृतर्क आत्मा
म झस्किए झसक्कै ओ हो
ए मुर्ख विधुसी म तेरो भविष्य देखेर चिन्तित छु
म सुनाउन चाहान्थे
ए कट्पुतली ए धनिकी आफ्नी सुन्दरी खेलौना
आखा खोल यथार्त मा जिउने गर
एक पटक बिउझिय
म तलाई यस्तो लास हेरू कसरी ?
त जति सुन्य वेर्थको जिन्दगी
खै कसैले जिएको छैन
उद्दार गर्छु तलाई म
यस्तो खाडलमा छेस् तॅ
तर ऊ को हो जो कहिले
न बिउझिने गरी निदमा छे// //