घोर तानाशाहि अबस्थामा देशभरी काम नपाएपछि बिदेशमा काम खोज्न निस्किएका श्रमजिवीहरु छिमेकी मुलुकमा भौतारिएका हुँन्छन।आखिर कामता हो जस्तो भयपनि गर्नै पर्थ्यो।काम नगरेर आखिरमा के खाने?बिदेशमा पसेपछि जे जस्तो काम मिल्यो त्यहि गर्दै गए।कामपनि मालिकले तोकथ्यो दाम पनि मालिकलेनै तोकथ्यो।
मज्दुरहरुलाई कसैले कजाएर ज्याला दिए इचक्ष्यानुसार कसैले कजाएपछि ज्यालापनि दिएनन्।कसै-कसैले त काम गराएपछि पैसा दिनुको सट्टा झुठा आरोप लगाएर जेल नेल समेत गराउँथे।परदेशीहरुको कोहिपनि ता थिएन सहारा।बरु मज्दुरहरुको पसिना लुट्न नयाँ-नयाँ जाल बुन्थे।आफ्नै देशका सामन्ति साहु महाजनहरु सदै मज्दुरलाई ठग्ने प्रयात्नमा आउँथे।कसैले पुल बनाउँने भन्दै त कसैले मन्दिर र धर्मशाला निर्माणका योजना बुन्थे।उनिहरुको मुख्य उदेश्य जनतालाई एकजुट गरेर देशको हितको लागि शंघर्ष गर्ने थिएन।
आखिरमा प्रवाशी भूमिमा पनि झन बढि मज्दुर श्रमजिविहरु अशुरक्षितनै थिए।दिनौ दिन लुटिएका कुटिएका एक्ला एक्लै!मज्दुरहरु को यो अबस्था बाट जोगिनलाई शिक्षित र एकता अपरिहार्या प्रश्न थियो।को आफ्नो हो को पराया अशिक्षित ब्याक्तिले चिन्न कठिन हुँन्छ,अनि ठिक बेठिक छुट्याउँन पनि गारो हुँन्छ।प्रवाशमा मज्दुरहरुको हितमा स्वयाम मज्दुर बाहेक कोहि बोल्दैन।प्रवाशी मज्दुरहरुको एकता बिना अन्याय अत्याचारको बिरोध गर्न सकिदैन यो समस्या समाधानका लागी एउटा पाठशालाको स्थापना गर्छन।तमाम बिध्वान र बाधाको बाबजुद बिध्यालयमा बिस्तारै प्रवाशी मज्दुरहरु बिध्यार्थिको रुपमा जुट्दै जान्छन।
अध्यायन गर्दै एउटा लोह अनुसाशित लडाईको बिस्तारै थालनि हुँन्छ।आईपरेका तमाम ज्वाहार भाटाहरु सँग शंघर्ष गर्दै आई परिका कयौँ लडाईहरुमा जीत हुँन्छ।सामाजिक बिभेदहरु सामाजिक कुरितीहरु को जरो पहिलाउँदै जाँदा देशमा भयको पञ्चायति तानासाही ब्याबस्था एउटा जिलोको रुपमा भेट्टिन्छ।अब जनताले देशभित्र चलाएको आन्दोलन सँग परदेशी हरुको एक्याबद्धता सुरु हुँन्छ।बिध्यालयले अब एउटा बिस्व बिध्यालयको रुपधारणा गर्दै थियो।तमाम श्रमजिवि,देशभक्त किसान,ज्यामीहरुको एकताले देशभित्रको राजतन्त्रत्यमक पञ्चायति ब्यबस्थालाई फ्याक्न सफल हुँन्छन।
बिध्यालय बाट शिक्षित भयका बिध्यार्थिहरुनै त्यो बिध्यालयको शिक्षक बनेर अरुलाई शिक्षा दिन्छन।जब देशभित्रको राजनीतिमा बद्लाव हुँन्छ।त्यो राजनीति आन्दोलन भित्र लुकेका क्यारिरिष्ट प्रकारका अवसरबादीहरुले फाईदा उठाउँने प्रयात्न गर्छन।खास गरेर बेला बखतमा त्यस्ता क्यारिरिष्ट हरुको रुप र स्वरुपलाई केलाउँन नसक्दा समय समयमा दुर्घटना हुँदै आयो।
नेतृत्वमा पुगि सकेपछि बिर्जुले पनि आफ्नो ओरी परि आफ्ना प्रसन्सकहरुको जमघट देख्छ।ओहो म ता धेरै माथि पुग्ने ब्याक्ति पो रैछु यो जन मानस लाई आफ्नो ब्याक्तिगत फाईदाको लागि प्रयोग गर्न सके त म मन्त्रि बन्न सक्छु।आखिर किन यो दुखःको जिवन बाँच्ने!उस्ले मनैमन सोँच्छ।कार्यक्रम भब्य र सब्यरुपमा चलेको थियो।उ मञ्चमा बस्दा तालिको तररर आवाज सुन्दा उस्को छाति फुलेर छत्तिस ईन्चको भयो।बिर्जुलाई मौकाको तलासथियो जनतालाई आफुतिर ढाल्ने आज थोरै भयपनि मौका मिलेको थियो।जो बढि क्रान्तिकारीताको प्रदर्शन गर्दै भन्छ।
“आदर्णिय साथिहरु हो हाम्रो क्रान्तिको यो जना दृघाकालिनछ तर आज बिना पैसा केहि काम हुँदैन त्यसकारणले पनि हामिलाई पैसा कमाउँन परेको हुँन्छ।हामि आइ एन जि र एन जि ओ को बिरोध गरिरहेका छौँ तरपनि हामिलाई एन जि ओले प्रभाब पारेको हुँन्छ,
संघियता को बिरोध गरिरहेका छौँ तरपनि त्यहि संघियतामा हामिलाई सामिल हुँनु परेकोछ।तरररर तालि बज्छ।उस्ले जे भनेपनि जनताले तालि पिटेकै देख्दा उस्ले आफ्नै दाश जस्तो सम्झिन्छ र जनता कार्याक्रताहरु भेडा बाख्रा जस्तै संझिने भुल गर्छ।अनि यो शुन्दर बिस्व बिध्यालय लाई आफुले कब्जा गर्ने दुश प्रयात्न गरेपछि बल्ल बिध्यालयका बिध्यार्थिहरुले कुरो बुज्छन उस्को नियति बुज्छन र उस्लाई फ्याँकेर पाठशाला लाई जोगाउँछन।यस्तो कयौँपटक दौरीन्छ।नयाँ बिध्यार्थि आउँछ अध्यायन गर्छ अनि शिक्षक को सिट पाएपछि पलाएन हुँनथाल्छ!तर यो बिस्वबिध्यालयको मर्म यस्ले दिएको शिक्षालाई बिर्शेर यसैको छत र छाँयामा बसेर पनि बिध्यालयको जरा काट्नेहरु लाई देख्दा दुखःलाग्छ।
कसैले पाठशालाको साईन बोर्ड खोसेर लान्छन,कसैले लोगो खोस्छन।तर कसैलेपनि पाठशालाको उदेश्य खोस्न सक्दैन।पाठशालाको मुख्य उदेश्य अटल छ अटल रहिरहनेछ।सयौँ बिर्जुहरुको लाखौँ प्रयात्न असफल हुँदैजानेछ।