गरीब पेट भरी खान नपाएर मर्छन,
धनी खाई खाई धेरै अघाएर मर्छन।
यस्तै यस्तै कथा र ब्याथा संसारको,
गरीबलाई शोषकले सताएर मर्छन।
कति आउँछन खबर आत्महत्याको,
नराम्रो कदम किनहो उठाएर मर्छन।
सरकार लाई थाहानै छैन शन्तानको,
कयौँ ता अनिकालले ठटाएर मर्छन।
पढे लेखेका युवा कामको खोजीमा,
बिदेश राहदानी दिदै भगाएर मर्छन।
सरकार नागरीक मर्न पाएन कालले,
बे-रोजगारी को बादल छाएर मर्छन।
सेते ले यो देशको कथा यस्तै बुझ्दैछ,
पौरखी भोकै अल्छि धेरै खएर मर्छन।
सुरेशकुमार पान्डे