मङ्लबार, अशोज २२, २०८१
  • होमपेज
  • समाज
  • ढोरपाटनमा बाढी : चार जनाको मृत्यु, १३ बेपत्ता, ३० घर बगायो

ढोरपाटनमा बाढी : चार जनाको मृत्यु, १३ बेपत्ता, ३० घर बगायो

  • बिहिबार, भदौ १८, २०७७
ढोरपाटनमा बाढी : चार जनाको मृत्यु, १३ बेपत्ता, ३० घर बगायो

बागलुङ : ढोरपाटन नगरपालिकाको भुजीखोलामा गएराति आएको बाढीपहिरोले चार जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् । राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ५,६,७,८ र ९ का ३० घर बगाएको ढोरपाटनका स्थानीय जीवन पुनले जानकारी दिए ।

उनका अनुसार बाढीले सडक छेरमा पार्किङमा राखेको जीप, दुई वटा विद्युत गृह, एक वटा झोलुङ्ले पुल, दुई वटा विद्यालय भवनसमेत बगाएको छ । ढोरपाटन नगरपालका ९ को लाँकुरीबोट १५ घर, दुनेपँधेरामा ५ घर, घट्टबोटमा ८ घर र सुप्राङ २ घर बगाएको छ भने सरस्वति आधारभुत विद्यालय र जनचेतना प्राथमिक विद्यालयसमेत बाढीले बगाएको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेर स्थानीयको सहयोगमा उद्धार थालेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । ‘रातिमा बाढी आएकाले ठुलो क्षति भएको पाइएको छ, घटनास्थलको दुरी र क्षेत्र निकै लामो भएकाले पनि समस्या भएको छ,’ डिएसपी रेग्मीले भने, ‘अहिले थप सुरक्षाकर्मीसहित घाइतेहरुको उद्धार, बेपत्ता भएकाहरुको खोजी सुरु गरिसकेका छौ ।’

चर्चामा

सम्बन्धित समाचार