मङ्लबार, अशोज २२, २०८१

गजल!

  • बुधबार, भदौ १७, २०७७
गजल!

जनता र सरकार मिलेर जितौँ कहर लाई,
कोरोना मुक्त गराउँ अब गाउँ र सहर लाई।

जसरी तसरी बसौँ घरमै नघुमौँ यता उता,
केहि दिनका लागि त्यागौँ घुम्ने रहर लाई।

सबैका साथ र सहयोगले जीत्न सकिन्छ,
आई परेको भयङ्कर बिदेशी जहर लाई।

बनौ शूर्य चन्द्रमा यो देशका नागरीक हरु,
अन्धकार हुँनबाट जोगाउँन दोपहर लाई।

जोगौनुछ यो देशको गरिमा सदियौँ हामी,
पुर्वजको देन चौतारीकै पिपल बहर लाई।

रोकौँ यो देशका बिर बहादुर सिपाही हौँ,
बतासले उब्जाएको आँसु को नहर लाई।
सुरेशकुमार पान्डे।०१-०९-२०२०,

चर्चामा

सम्बन्धित समाचार