• होमपेज
  • सुचना प्रबिधी
  • चन्द्रमा पहिले सोचेभन्दा ८ करोड ५० लाख वर्ष कान्छो

चन्द्रमा पहिले सोचेभन्दा ८ करोड ५० लाख वर्ष कान्छो

  • सोमवार, साउन १२, २०७७
चन्द्रमा पहिले सोचेभन्दा ८ करोड ५० लाख वर्ष कान्छो

धेरैजसो वैज्ञानिकले चन्द्रमा कसरी विकसित भयो भन्ने कुरामा एकै मत राख्ने गर्छन् तर चन्द्रमा बनेको तरिका र समयमा भने वैज्ञानिकहरुको आ–आफ्नै धारणा छ ।  अन्तरिक्षयात्रीले विभिन्न अन्तरिक्ष अभियानका क्रममा धर्तीमा ल्याएका चन्द्रमाका ढुङ्गाको अध्ययन गर्दा धर्तीको प्राकृतिक उपग्रहको निश्चित उमेर पत्ता लाग्न सकेन ।

तर अहिले, वैज्ञानिकको एक समूहले चन्द्रमा पहिले सोचेभन्दा केही वर्ष पछि मात्रै निर्मित भएको निष्कर्ष निकालेका छन् । पृथ्वीको प्राकृतिक उपग्रह कान्छो पृथ्वी र मार्स आकारको प्रोटोप्लानेट (थिया) एक आपसमा ठोक्किँदा निर्मित भएको भग्नावशेषबाट बनेको हो ।

थियाले पृथ्वीलाई ठक्कर दियो जसका कारण यति ठूलो पदार्थ निष्कासन भयो कि यसले चन्द्रमालाई जन्म दियो ।  यो क्रममा चन्द्रमाको तापक्रम अत्यधिक वृद्धि भयो जसका कारण यसको सतहभन्दा हजार किलोमिटर मुनी ‘म्याग्मा ओसन’ बन्न पुग्यो ।  चन्द्रमाको ‘म्याग्मा’ ठोस् बन्न २० करोड वर्ष लाग्यो ।

पृथ्वी बन्ने प्रक्रियाको अन्तिम चरणमा चन्द्रमा निर्मित भएको वैज्ञानिकको एक समूहले हिसाबकिताब निकाले ।  चन्द्रमा जन्मिएको समयलाई निश्चित गर्नका लागि यही प्रक्रियालाई जोड्दै वैज्ञानिकले नयाँ गणितीय ढाँचा प्रयोग गरे ।  वैज्ञानिकले चन्द्रमाको म्याग्मा ओसन ठोस् हुन कति समय लाग्यो भन्ने कुरा निश्चित गर्न चाहन्थे । यो प्रश्नको जवाफले नै उनीहरुलाई चन्द्रमा वास्तवमा कहिले निर्मित भएको थियो भन्नेबारे ठोस् जानकारी प्रदान गर्दथ्यो ।

ती वैज्ञानिकले कम्प्युटरको नयाँ मोडल प्रयोग गरे जसले म्याग्मा जम्ने प्रक्रियाबारे जानकारी दिन्थ्यो ।  पुरोनो मोडल अनुसार म्याग्मा ठोस् हुनका लागि ३ करोड ५० लाख वर्ष लाग्यो तर नयाँ मोडलले चन्द्रमा पूर्ण रुपमा ठोस् बन्नका लागि २० करोड वर्ष लागेको तथ्य फेला पर्यो । वैज्ञानिकको समूहले नयाँ मोडलले अनुमान गरेको म्याग्माको संयोजनालाई चन्द्रमाको ढुङ्गाको मापन गरिएको पुरानो संयोजनसँग तुलना गरे ।

यसमार्फत्, वैज्ञानिकहरु ओसनको विकासको सुरुवाती बिन्दुमा पुग्न सके । अनुसन्धानमार्फत् वैज्ञानिकले चन्द्रमा ४ अर्ब वर्ष अघि निर्मित भएको निष्कर्ष निकाले । चन्द्रमाको निर्माण पहिले सोचेभन्दा १० करोड वर्ष अघि भएको निष्कर्ष निस्कियो तर २ करोड ५० लाख वर्षको अवधिमा अनिश्चितता देखिएको वैज्ञानिकले बताए ।

Source: https://www.gwinnettdailypost.com/

चर्चामा

सम्बन्धित समाचार