• होमपेज
  • समाज
  • नवलपुरमा पहिरोले घर पुरिँदा २ जना बेपत्ता

नवलपुरमा पहिरोले घर पुरिँदा २ जना बेपत्ता

  • मङ्लबार, साउन ६, २०७७
सेयर गर्नुहोस् :
नवलपुरमा पहिरोले घर पुरिँदा २ जना बेपत्ता
फाइल तस्विर

लगातार वर्षाका कारण खसेको पहिरोले नवलपुरको बुलिङ्टार गाउँपालिका–२ डाँडाझेरीमा घर पुरिँदा दुई जना बेपत्ता भएका छन् । बुलिङ्टार गाउँपालिका अध्यक्ष शशीकिरण बस्ताकोटीका अनुसार पहिरोले स्थानीय डाडाँझेरी टाँडीका ६१ वर्षीय शेरबहादुर नेपाली र उनकी श्रीमती ५७ वर्षीया खीनमाया नेपाली पहिरोमा पुरिएर बेपत्ता भएकी हुन् । स्थानीयको सक्रियतामा खोजीकार्य जारी रहेको अध्यक्ष बस्ताकोटीले जानकारी दिए । पहिरोले केही चौपायासमेत पुरिएको उनले बताएकी छन् ।

घटनास्थलमा उद्धारका लागि अहिले इलाका प्रहरी कार्यालय बुलिङ्टारको टोली खटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । यस्तै गए राति विनयी त्रिवेणी गाउँपालिका–४ मा दुम्कीबासबाट पितरीतर्फ जाँदै गरेको लु २ च ६१७१ नम्बरको पिकअपलाई खहरे खोलाले बगाएको छ । मानवीय क्षति भने नभएको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार