अमेल साईनो लगाउँदा पछुतो लाग्यो,
आफ्नो भनी फकाउँदा पछुतो लाग्यो।
जड्यो भोको पेटले नै अनैतिक नाता,
दुष्ट पौरखमा अघाउँदा पछुतो लाग्यो।
परायाको होईन आफ्नैले मारे शन्तान,
आफ्नै ले दुष्ट जुटाउँदा पछुतो लाग्यो।
हामि पौरखिका शन्तान पसिना बेच्दा,
हृदया अचानो बनाउँदा पछुतो लाग्यो।
थाहानै थियो स्वर्ग तुल्य छ हाम्रो देश,
युवाशक्तिलाई पठाउँदा पछुतो लाग्यो।
सिश्नु आटो खान पाए पनि थिउँ खुसि,
छिमेकीले सदै अताउँदा पछुतो लाग्यो।
सुखःको खोजिमा त पुग्यौँ संसार चार्न,
हामिले झनै दुखःपाउँदा पछुतो लाग्यो।
कुन पापिले देखायो बाटो परदेश जान,
कामको लागि नै धाउँदा पछुतो लाग्यो।
पठायौँ देशको रक्षाकै लागि उसैले पनि,
बिदशिहरु कै घर छाउँदा पछुतो लाग्यो।
सुरेशकुमार पान्डे।०६-०७-२०२०,