• होमपेज
  • समाज
  • आज रेडियो बुलेटिनमा युवा नेताहरुसग छलफल

आज रेडियो बुलेटिनमा युवा नेताहरुसग छलफल

  • बिहिबार, असार ११, २०७७
आज रेडियो बुलेटिनमा युवा नेताहरुसग छलफल

रेडियो बुलेटिन ८९.७ मेघाहर्जले आज रेडियोमा युवा नेतृत्व अबको आबश्यकता बिषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ।छलफलमा युवा नेताहरु नेकपाका ललित घलान, आरति पाठक, रमिला सापकोटा, सन्तोष पौडेल र किसन घिसिङ, नेपाली काङ्ग्रेसबाट ईश्वर पाठक, भूमिनन्द गौतम र राजु खतिवडा, जनता समाजवादी पाट्रीबाट शुभरत्न गोले र हरिहर खतिवडा तथा राप्रपाबाट बालकुमारी डल्लाकोटी र शुक्रराज प्रजा सहभागी रहनु भएको थियो।आज भएको कार्यक्रममा सबै युवा नेताहरुले पाट्रीमा युवा नेतृत्व स्थापित गराउन लाग्नु पर्ने बताएका छन्।

अब नेपालमा युवाहरु स्थापित गर्न दलीय स्वार्थ छाडेर अघि बढ्न सके मात्रै युवाहरु स्थापित हुने र देश बिकास हुने बताएका छन्।आ–आफ्नो दलमाथिको बहुदलियतालाई स्थापित गर्न सके मात्रै देशमा युवाको उपस्थीति रहनेमा सबैको एक मत रहेको थियो।कार्यक्रमको अध्यक्षता रेडियो बुलेटिनको प्रबन्ध निर्देशक अनिलकुमार खातिले गर्नुभएको थियो।रेडियोले यसैगरी समाजको हरेक बिषयमा जोडिएर कार्यक्रम गरिदै जाने उहाले बताउनु भएको छ।कार्यक्रमको सहजीकरण मसान उपासकले गर्नु भएको थियो।

चर्चामा

सम्बन्धित समाचार