• होमपेज
  • समाज
  • सप्तरीमा स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण

सप्तरीमा स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण

  • शुक्रबार, जेष्ठ ३०, २०७७
सप्तरीमा स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण

राजविराज : सप्तरीमा शुक्रबार एक स्वास्थ्यकर्मीसहित १७ जना कोरोना संक्रमित थपिएका छन्।सप्तरीमा १७ जना बिहीबार साँझ कोरोना संक्रमणमुक्त भएसँगै शुक्रबार १७ जना नै थप भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । जसमा एक जना हनुमाननगर कंकालिनी नगरपालिका स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट रहेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा हनुमाननगर कंकालिनी नगरपालिकामा स्थ्यकर्मीसहित १५ जना र बोदे बर्साइन नगरपालिका र महादेवा गाउँपालिकाका १/१ जना गरी १७ जना थप भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको हो ।

हनुमाननगर कंकालिनी नगरपालिका ६ का २६, २६, ३५, २८, २२, १८, ४८, ३६, २१, १८, १९ वर्षका १२ जना, वडा नम्बर ७ का ३२ वर्षीय र वडा नम्बर १२ का १७ र ३४ वर्षीय पुरुष संक्रमित पुष्टि भएको बरिष्ठ मलेरिया इन्स्पेक्टर नारायणप्रसाद राउत बरैले बताए ।

बरैका अनुसार बोदे बसाईन नगरपालिका २ का ४८ वर्षीय र महादेवा गाउँपालिका ५ का २८ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । शुक्रबार कोरोना संक्रमित फेला परेको महादेवा गाउँपालिका सप्तरीको नयाँ स्थानीय तह हो । योसँगै सप्तरीको १८ मध्ये १४ स्थानीय तहमा कोरोना संक्रमित फैलिएको छ ।

एकजना स्वास्थ्यकर्मी थप भएपछि सप्तरीमा संक्रमित स्वास्थ्यकर्मीको सङ्ख्या २ पुगेको छ । यसअघि जेठ २३ गते बोदे बर्साइन नगरपालिका-५ स्थित चन्द्र नमूना माविको क्वारेन्टाइनका इन्चार्ज एवम् स्वास्थ्य चौकी प्रमुखमा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा खटिएका अन्य स्वास्थ्यकर्मी र उपचार गराएका सेवाग्राही संशकित भएका छन् ।

सप्तरीमा संक्रमण देखिएकामध्ये १ सय ३० जना भारतको विभिन्न राज्यबाट आएका, ६ जना क्वारेन्टाइनमा खटिएका प्रहरी, कर्मचारी र २ जना चितवनको भरतपुरबाट आएको रहेको आइसोलेशन व्यवस्थापनमा खटिएका डा. जितेन्द्र यादवले बताए ।

सप्तरीमा बिहीबार बोदे बर्साइन नगरपालिका-५ स्थित चन्द्र नमूना माविको क्वारेन्टाइनमा खटिएका प्रहरीमा समेत संक्रमण देखा परेको छ । सोही क्वारेन्टाइनमा खटिएका प्रहरी हवल्दार र कार्यालय सहयोगीमा त्यसअघि जेठ १५ गते संक्रमण पुष्टि भएको थियो । जेठ १४ गते सुरुङ्गा नगरपालिकास्थित मसिलाल जनता माविको क्वारेन्टाइनमा खटिएका असइमा कोरोना संक्रमण देखिएको थियो ।संक्रमितमध्ये असइ र प्रहरी हवल्दारसहित २१ जना कोरोना संक्रमण मुक्त भएका छन् । #अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार