• होमपेज
  • समाचार
  • देशभर आज मात्र थप २५० जना कोरोना संक्रमित थपिए, अहिले सम्म नेपालमा संक्रमितको संख्या ४,६१४ पुग्यो

देशभर आज मात्र थप २५० जना कोरोना संक्रमित थपिए, अहिले सम्म नेपालमा संक्रमितको संख्या ४,६१४ पुग्यो

  • बिहिबार, जेष्ठ २९, २०७७
देशभर आज मात्र थप २५० जना कोरोना संक्रमित थपिए, अहिले सम्म नेपालमा संक्रमितको संख्या ४,६१४ पुग्यो

काठमाडौं- नेपालमा विहीबार थप २५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ४ हजार ६१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ४ हजार ६१४ पुगेको जानकारी दिएका हुन् ।

यो पनि पढ्नुहोस् : पाँच जनाको सामुहिक ह त्या
डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १८७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८६१ पुगेको छ ।

चार दिनको शिशु सहित बाजुरामा एकै दिन १८ जनामा कोरोना पुष्टि भएको छ । विहीवार धनगढी स्थित प्रयोगशालामा परिएको परिक्षणमा २७ जनामा कोरोना पुष्टि भएकोमा वाजुरामा मात्रै १७ जनामा पुष्टि भएको हो ।

यो पनि पढ्नुहोस् : लकडाउनको समयमा ११ सय बढीले आत्मदाह गरे !
वाजुराको वुढीगंगा नगरपालिकाका मात्रै १७ जना र एक जना त्रिवेणी नगरपालिका रहेका छन् । वुढीगंगाका १० जना पुरुष र ८ महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै वाजुरामा संक्रमितको संख्या २१ पुगेको छ । वाजुरामा दुई बर्षीया वालिकाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार