मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • समाज
  • सुदूरपश्चिममा ८ जिल्लाका २८ जनामा कोरोना पुष्टि, अन्य प्रदेशमा छन् तीन जना

सुदूरपश्चिममा ८ जिल्लाका २८ जनामा कोरोना पुष्टि, अन्य प्रदेशमा छन् तीन जना

  • आइतवार, जेष्ठ १८, २०७७
सुदूरपश्चिममा ८ जिल्लाका २८ जनामा कोरोना पुष्टि, अन्य प्रदेशमा छन् तीन जना

धनगढी — सुदूरपश्चिममा ८ जिल्लाका २८ जनामा कोरोना पुष्टि भएको छ। आज धनगढी प्रयोगशाला मार्फत गरीएको परीक्षणमा थप पाँच जनामा कोरोना पुष्टि भएपछि नेपालभित्रै संक्रमित सुदूरपश्चिमवासीको सङख्या २८ पुगेको हो।

अहिलेसम्म प्रदेशमा सबैभन्दा बढि कैलालीमा १३, बैतडीमा ५, बाजुरा र अछाममा तीन/तीन, दार्चुला, बझाङ, कञ्चनपुर र डडेल्धुरामा एक/एक जनामा कोरोना पुष्टि भएको हो। डोटी जिल्लामा भने कसैमा पनि संक्रमण पुष्टि भएको छैन्।

जस्मा एक बालिकाको मृत्यु भईसकेको छ भने ६ जना कोरोनालाई जितेर डिस्चार्ज भईसकेका छन्। ५ जना सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका हुन् भने एक जना बलम्बुको कोभिड –१९ अस्पतालबाट मात्रै १६ औँ दिनमा कोरोना जित्दै शनिवार मात्रै डिस्चार्ज भएका थिए।

१९ जनाको सुदूरपश्चिमकै विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी दुई जनाको भने सुर्खेत र कालिकोटमा उपचार भईरहेको छ।

यस्तै बाजुरामा दुई बर्षिय बालिकाको आज बिहान मृत्यु भएकोमा मृत्युपछि गरीएको परीक्षणमा उनमा कोरोना रहेको पुष्टि भएको छ। संक्रमित मृतक बालिकाकी आमाको भने बाजुरा अस्पतालमा उपचार भईरहेको छ।

यस्तै आजै कैलालीका थप तीन जनामा कोरोना पुष्टि भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का ४७ वर्षीय पुरुष, कैलालीको भजनी नगरपालिका वडा नम्वर ७ का २३ वर्षीय पुरुष र जानकी गाउँपालिका वडा नम्वर ९ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार