मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

  • आइतवार, बैशाख २८, २०७७
आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव हुनुका साथै तथा बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको जनाएको छ ।

यसैगरी, अहिले देशका पश्चिमी भु–भागहरुमा बदली भई हावाहुरी, मेघगर्जन र चट्याङ सहित केहि स्थानहरुमा वर्षा भईरहेको र बाँकी भु–भागमा सामान्यतया सफा रहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ ।

त्यस्तै, महाशाखाले आइतबार दिउँसो देशको पश्चिमी भु–भाग लगायत मध्य र पूर्वका पहाडी भू–भागमा सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने जनाएको छ ।

यस्तै, पश्चिमी भू–भागका केही स्थानहरुमा साथै मध्य र पुर्वका एक दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

राति भने देशको पश्चिमी भु–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ। पश्चिमि भु–भागका थोरै स्थानहरु लगायत मध्य र पूर्वका १/२ स्थानहरुमा मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरी सहितवर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार