आमा नरुनुहोस न म छिट्टै फर्किने छुँ, त्यो जिम्मालको रिन तिरेपछि हाम्रो त्यो पाँच मुरी धान फल्ने खेत मुक्त हुँनेछ।अनि हामिलाई खान पुग्छ”भन्दै सेते ले आफ्नो आमाको आँखा बाट तप-तप बगि रहेको आँसु पुछिदिन्छ।
सेते त्यो घरको ठुलो छोरा भयकोले बाउको सेकपछि सबै जिम्मेवारी उस्को काँधमा आएकोछ।उता जिम्माल ले एक हजार रुपियामा खेत बन्दगि राखेको जानकारी स्वरुप तमसुक देखाएको थियो त्यो बेला सबै आश्चार्य भयका थिए।जिम्मालको ब्याजपनि ता चक्रबर्ति थियो त्यो रिन केहि बर्ष तिर्न नसके यो खेत खोसिएला।
यो सबै सोच बिचार गरेपछि अब सेते स्कुलमा नजाने बरु लाहुर गएर मज्दुरी गर्ने र पैसा कमाउँने निधो गर्यो।आमालेपनि घरको अबस्था ले गर्दा जा बाबु घर संझेर कमाए भन्दै लाहुर जाने छुट दिनु भयो। घरमा स-साना भाई बैनि उप्रबाट साहुको रिण यस्तो अबस्थामा पढ्न सक्थ्यो र?आज सेते ले लाहुर हिँड्न तैयार भयको थियो।
आमाको मनता हो!बिहानै उठेर लाहुर जाने छोरालाई भात पकाउँनु भयो र अर्नि पनि बनाएर एउटा रुमालमा बाँद्नु भयछ।अब हिँड्ने बेला राता अछेता निदारमा लगाएर बिदा गर्दा मुटुमा भक्कानो उठ्यो,अनि रोक्न नसकेर बलिन्द्रधारा आँसु आँखा बाट छचल्किए।यो देखेर सेतेले आँसु पुच्दै आमालाई नरुन भन्दै थियो।यता उता बसेका भाई र बैनि हरुपनि एकहोरो ट्वाल भयर दादा र आमा लाई निहाल्दै थिए।उनिहरुले साहिद आमा रुने कारण जान्न खोज्दै थिए।
सतेले आमाको आसिर्वाद लिँन खुट्टामा ढोग गर्दा आखा बाट चोएको आँसुको थोपाले आमाको खुट्टैमा तप तप खसेको आमालाई आभास हुँन्छ।आमाले छोरालाई अँगालो पारेको देखेर सानि बैनिले-दादा काँ जान लाग्नुभाछ?जनतन हिम्मत जुटाएर प्रश्न गर्छिन, उस्को तोत्ले बोलि सेतेको मुटुमै पुगेर ठोक्किन्छ, उ भाबुक भयो तर जन तन आफुलाई सम्माल्दै म लाहुँर जाँदैछु भोली आउँछु है!बसे भन्दै च्वाप मोई खान्छ।अनि झोला टिपेर सँगार बाट निस्किन्छ र दना दन हिँड्छ।आमा भाईर निस्किनु हुँन्छ सँगसँगै भाई र बैनिपनि आमाको पछि पछि निस्केर आफ्नो दादा लाई टाडा सम्म हेरि राख्छन।सेते लेपनि डाँडा बाट फरक्क फर्केर आफुलाई हेरिरहेका तिर आत हल्लाउँदै डाँडो काट्छ।आमालाई आफ्नो ओरीपरि शूर्य अस्ताएको जस्तै अँध्यारो हुँन्छ।
यता आमाको कानमा ति शब्द गुँजिन्छन बार बार-नरुनुश न आमा म छिट्टै फर्किने छुँ।”सेते भर्खर बाह्र बर्षको थियो।यो अबस्थामा आँमाको काखमा बस्ने,सँग साथिहरु सँग खेल्ने,स्कुलमा पढ्ने हो,तर आज उ बाल मज्दुरको रुपमा बिदेशमा पैसा कमाउँन हिँडेको थियो।आर्काको देशमा कामको तलासमा एक्लै न कोई आफ्ना थिए न भाषाको कुनै ज्ञान कुन सहरमा जानेहो अनिश्चित थियो।उ अन्भिग्य अन्जान मात्र कसैले सोध्यो भने लाहूर जानेहो भन्थ्यो। सेते जन तन दिल्लि आई पुग्छ टेशनको भाईर आएर पेटिमा अलिबेर बस्छ कहाँ जाने केहि मेसो छैन।भोक लागेको छ खोल्टिमा छाम्छ बचेको सात रुपियाँ थियो।
आखिर यस्ले कतिदिन पुग्थ्यो? उ आज कतै जाँदैन र त्यहि स्टेशनमा सुत्छ,भोलिपल्ट टेसन बाट भाईर निस्किन्छ बजारमा हेर्दै हेर्दै जाँदा एउटा होटेलमा एकजना नेपाली लाई देख्छ।अब कसरि त्यो सँग बैल्ने?अलिबेर त्यँहि ठिङ्गै उभ्भिन्छ।उन्ले तन्दुरमा रोटि लगाउँदै थिए,दाई नमस्ते.भन्दै नजिक जान्छ,उनि आश्चार्य पर्छन काँ बाट आएको भाई?उन्ले सोद्छन,नोकरि खोज्दै आएको सेते ले भन्छ।के काम गर्न सक्छौ?उन्ले तलबाट माथि सम्म नियाल्दै सोद्छन।के भाँडा माज्न सक्छौ?उन्ले फेरि सोध्छन।हजूर दाई माच्छु!सेते ले खुसिजाहिर गर्दै भन्छ।आखिर भाँडा नमाजेर के गर्ने अरु काम जानेकोपनि त छैन खोल्टिमा पैसापनि छैन।सेते ले धेरै नसोँचेर माच्छु भाँढा त भन्छ ।
उनिहरुलाई होटेलमा भाँडा माज्ने स्यानो केटा चाहिको रैछ।उन्ले मालिक सँग भन्छन,मालिकले थापा तेरो सिवारीसमा राख्छु भनेर थापालाई पनि ऐसान देखाउँछ। भाई बिहान छे बजे उठ्नु पर्छ अनि राति एघार बज्छ खान पाईन्छ तलब चाहिँ काम हेरेर पछि भन्छु भन्छ मालिकले भन्दै कुनै गलति नगरे नत्र मलाई मार्छ मालिकले थापाले भने।गर्दैन कुनै गलति भन्छ र नोकरि सुरु गर्छ सेतेले।उन्लेपनि मेरो दुखःदेखेरै राखेका हुँन भन्दै सके सम्म आफुले ईमानदारी सँग काम गर्ने मनमनै अठोट गर्छ। परदेशमा दुई दिन अरु काम नमिलेको भए खान र बस्नमा मात्रै काम गर्नु पर्ने थियो।घर संझेर कमाए छोरा,कानमा आमाको त्यो बोलि गुञ्जिन्छ।
यस्तो अबस्थामा त्यो बन्दगिमा रहेको खेत कसरि कहिले मुक्ति मिल्छ।परदेशको आसमा बाँच्न सकिदैन हामि। आजको जस्तो त्यो बेला लाक डाउन भयको भय सेते जस्तै लाहूरेहरुको अबस्था कस्तो हुँन्थ्यो होला।के आजपनि सेते जस्तै बाल मज्दुर आएका हौनन्?यावत प्रश्नहरु तेर्छिएकाछन आज सेते को मन मष्तिकमा ।