• होमपेज
  • समाचार
  • लकडाउनका विभिन्न मोडलहरुबारे छलफल, क्षेत्र निर्धारण गरेर खुकुलो बनाउने प्रस्ताव

लकडाउनका विभिन्न मोडलहरुबारे छलफल, क्षेत्र निर्धारण गरेर खुकुलो बनाउने प्रस्ताव

  • शनिबार, बैशाख १३, २०७७
लकडाउनका विभिन्न मोडलहरुबारे छलफल, क्षेत्र निर्धारण गरेर खुकुलो बनाउने प्रस्ताव

काठमाडौं — लकडाउनको मोडल परिवर्तन गर्नेबारे कोभिड–१९ उच्चस्तरीय समन्वय समितिको बैठकमा छलफल भएको छ । शनिबार सिहंदरवारमा बसेको समितिको बैठकले विभिन्न प्रस्तावमध्ये क्षेत्र निर्धारण गर्दै लकडाउनलाई सोही अनुसार परिवर्तन गर्ने वा अहिलेकै मोडलमा जाने भनेर छलफल भएको हो ।

त्यसमध्ये अधिकांश सदस्यहरुले बढी प्रभावित क्षेत्र र कम प्रभावित क्षेत्र छुट्याएर उक्त क्षेत्रमा मात्र कडिकडाउ गर्नुपर्ने धारणा राखेका थिए । ‘धेरै प्रस्तावहरु आएका छन् । लकडाउनलाई यसैगरी निरन्तरता दिने, खुकुलो बनाउने, जोन निर्धारण गर्ने, लगायतका विभिन्न प्रस्तावहरु आए र छलफल भयो । तर प्रस्तावहरुलाई मन्त्रिपरिषदमा पठाउने निर्णय भयो’, समितिका सदस्य समेत रहेका एक मन्त्रीले भने, ‘सिफारिस र प्रस्तावहरु कम्पाइल गरेर मन्त्रिपषिदमा पठाइएको छ । अन्तिम निर्णय भोलि बस्ने मन्त्रिपरिषदले नै गर्छ ।’

चैत ११ गतेबाट मुलुकभर लकडाउन घोषणा भएको छ । पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख १५ गते सोमबार रातिदेखि सकिँदैछ । त्यसअघि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठक बसेर छलफल गरेको हो । समितिको छलफल, विश्लेषण र निर्णयका आधारमा लकडाउनको स्वरुप परिवर्तन हुनेछ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेल नेतृत्वको समितिलाई लकडाउनबारे विश्लेषण गर्न गर्न जिम्मा दिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार