• होमपेज
  • देश/प्रदेश
  • ब्रेक्इङ न्युज : धनगढी जादै गरेको कार डोटीमा दुर्घटना, ६ घाईते

ब्रेक्इङ न्युज : धनगढी जादै गरेको कार डोटीमा दुर्घटना, ६ घाईते

  • बुधबार, बैशाख ३, २०७७
ब्रेक्इङ न्युज : धनगढी जादै गरेको कार डोटीमा दुर्घटना, ६ घाईते

धनगढी आउँदै गरेको कार डोटीमा दुर्घटनामा परेको छ। डोटीकाे जोरायल गाउँपालिका वडा नम्बर १ घण्टेश्वरको घोरडीमा आज से १ च २३८८ नम्बरको कार दुर्घटना हुँदा ६ जना घाईते भएको प्रहरीले जनाएको छ।

डडेल्धुराबाट धनगढी आईरहेको कार आज बिहान पौने १० बजेतीर दुर्घटनामा हुँदा ६ जना घाईते भएको डोटी प्रहरीले जनाएको छ। उक्त कारले जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएको पाईएको घण्टेश्वर प्रहरी चौकी गैराका प्रहरी हवल्दार शम्भुसिहं धामीले जानकारी दिए।

धामीका अनुसार घटनामा परी घाइते हुनेमा चालक मान बहादुर थापा सहित डडेल्धुराकै रामचन्द्र अवस्थी, रतन भण्डारी, आरन बहादुर थापा, एलिजा थापा र मान्धरी थापा रहेका छन्। चालक थापाको खुट्टाको रड निकाल्न भन्दै प्रशासनबाट सवारी पास लिएको पाईएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार