काठमाडौँ, २६ फागुन– पत्रकार वीरेन्द्र साह हत्यामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले १२ वर्षपछि नियन्त्रणमा लिएको छ । ५१ वर्षिय कुन्दन भनिने नरेन्द्रकुमार चौधरी फौजदारलाई शनिबार राती घरबाटै पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए । राजनीतिक संरक्षण पाएका फौजदार खुलेआम हिँडडुल गर्दै आएको थिए । (अन्नपूर्ण पोष्ट्बाट)