• होमपेज
  • राजनीति
  • भक्तपुर १ ‘क’ मा कांग्रेसका भडेल विजयी

भक्तपुर १ ‘क’ मा कांग्रेसका भडेल विजयी

  • आइतवार, मंसिर १५, २०७६
भक्तपुर १ ‘क’ मा कांग्रेसका भडेल विजयी

भक्तपुर : भक्तपुर क्षेत्र नं. १ ‘क’ प्रदेशको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णलाल भडेल विजयी भएका छन् । तर औपचारिक घोषणा भने गर्न बाँकी छ । भडेलले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का देवीप्रसाद ढकालभन्दा २,२४३ मत बढी ल्याएर विजयी भएका हुन् । उनले १३,४४९ मत ल्याउँदा ढकालले ११,२०६ मत मात्र प्राप्त गरे ।

यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का निरज लवजूले ५,८२९ मत प्राप्त गरे । उनलाई पछ्याउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का श्यामप्रसाद नेपालले ५७४ मत प्राप्त गरे । यसअघि यस क्षेत्रमा नेकपाल विजयी भएको थियो । 

चर्चामा

सम्बन्धित समाचार