• होमपेज
  • राजनीति
  • बिप्लब समुहका १६ जना नेता तथा कार्यक्रता प्रक्राउ

बिप्लब समुहका १६ जना नेता तथा कार्यक्रता प्रक्राउ

  • शुक्रबार, कार्तिक २२, २०७६
बिप्लब समुहका १६ जना नेता तथा कार्यक्रता प्रक्राउ

जिल्ला प्रहरी कार्यलय बाजुराले बिप्लब समुहका १६ जना नेता तथा कार्यक्रता प्रक्राउ गरेको छ । बाजुराको गौमुल गाउँपालिका ३ माझपाली बाट ने.क.पा. बिप्लब समुहका केन्द्रिय कमिटि सदस्य चुडामणी ओली लगायत नेता तथा कार्यक्रता गरि १६ जनालाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख डिएसपी उद्धब सिं भाटले वताएका छन् ।
प्रक्राउ परेका बिपल्ब समुहका नेता तथा कार्यक्रता बाट केही दस्ताबेज सहित जिल्ला प्रहरी कार्यलय बाजुरा बाट खटिएको प्रहरी गस्ती टोलीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । प्रक्राउ पर्नेमा केन्द्रिय सदस्य रोल्पा गंगादेब गा.पा.३ जुनावाङ बस्ने ५२ को चुडामणी ओली बाजुरा त्रिबेणी न.पा.२ छतारा घर भएका जिल्ला कमिटि सदस्य डम्म सुनार रहेका छन् । अन्य १४ जना भने बिपल्ब समुहका साधारण सदस्य रहेको प्रहरीले जनाएको छ । अछाम ढकारी गा.पा २ बस्ने २४ कर्षका नरेश शाही, कैलाली घोडाघोडी न.पा.१ बस्ने २८ बर्षका दिपक प्रकाश सुनार, बाजुरा हिमाली गा.पा १ का अमलाल थापा, सोही ठाँउका धर्म बहादुर थापारहेका छन् ।
त्यस्तै अछाम बिनायक न.पा ८ का उदय कसेरा सोही नगरपालिका २ का राजेश कुमार शाही, ७ का डबल बहादुर नेपाली, अछाम तुर्माखाद गाँउपालिका ७ का डबल बहादुर नेपाली, बाजुराको हिमाली गाँउपालिका १ का धरम सिं बोहारा, बाजुराको स्वामिकार्तिक १ की कुस्मा विक, अस्मीता विक, सुस्मिता विक, अछामको ढकारी २ बस्ने कमला बिक र अछाम मष्टा गाँउपालिका १ बस्ने सृष्टि सिंह रहेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । बझाङ्ग जिल्ला बाट बाजुरा तिर आउदै गर्दा प्रहरीले समातेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार