• होमपेज
  • समाचार
  • सांसद शान्ता चौधरीको गाडी दुर्घटना

सांसद शान्ता चौधरीको गाडी दुर्घटना

  • मङ्लबार, कार्तिक १९, २०७६
सांसद शान्ता चौधरीको गाडी दुर्घटना

तत्कालीन एमाले सचेतक शान्ता चौधरीको गाडी दुर्घटनामा परेको छ ।

सत्तारुढ नेकपाकी सांसद शान्ताले चढ्दै आएको संसद सचिवालयको बा २ झ २८७१ नम्बरको स्कारपियो जिप गएराति दाङको लमही–६ स्थित कुलमोड भन्ने ठाउँमा दुर्घटनामा परेको दाङ प्रहरीका प्रवक्ता डिएसपी विनोदविक्रम शाहले जानकारी दिए । दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । शाहका अनुसार गाडी सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ ।

चौधरीलाई लक्ष्मीपुरस्थित घर छाडेर देउखुरी फर्कंदै गरेको अवस्थामा राति १२ बजेर ४५ मिनेटको समयमा गाडी दुर्घटनामा परेको थियो । गाडी चालक रतनलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चर्चामा

सम्बन्धित समाचार