• होमपेज
  • समाचार
  • अर्घाखाँचीमा बस दुर्घटना : १४ घाइते, पाँचको अवस्था गम्भीर

अर्घाखाँचीमा बस दुर्घटना : १४ घाइते, पाँचको अवस्था गम्भीर

  • शुक्रबार, कार्तिक १५, २०७६
अर्घाखाँचीमा बस दुर्घटना : १४ घाइते, पाँचको अवस्था गम्भीर

अर्घाखाँचीको शितगंगा नगरपालिकाको जुकेनामा सोमबार साँझ बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

शितगंगाको ठाडाबाट, जलुकेका लागि छुटेको लु २ ख ६६१ नम्बरको बस जुकेनाको रातामाटामा ब्रेक फेल भएर दुर्घटना भएको हो। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ।

घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार