शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • पोखराको लेकसाईडबाट लागू औषध सहित ४ जना पक्राउ

पोखराको लेकसाईडबाट लागू औषध सहित ४ जना पक्राउ

  • बिहिबार, अशोज १६, २०७६
पोखराको लेकसाईडबाट लागू औषध सहित ४ जना पक्राउ

लागू औषध सहित पोखराबाट ४ जना पक्राउ परेका छन् । पोखरा ६ खहरे स्थित होटल कोकनमा लागूऔषध नियन्त्रण ब्यूरोे कोटेश्वर र वडा प्रहरी कार्यालय बैदामको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्दा लागू औषध भेटिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा पृथ्वीचोक बस्ने २२ बर्षका हसिद नसिव अख्तर अली, भारत मिजोराम साउथ इण्डिया बस्ते ३९ बर्षका मिजोराम नियाना, पर्सा घर भई पोखरा बस्दै आएका २८ बर्षका सहित अख्तर मिया र तनहूँकी २३ बर्षिया रजिया खातुन छन् ।

उनीहरुको साथबाट प्र्हरीले ४५ पिस रातो रंगको ऐनफेटागन, १ सय ५० ग्राम सुकेको लागू औषध बरामद गरेको छ । सबैजनालाई लागू औषध सम्बन्धी मुद्धामा म्याद थप गरेर अनुसन्धान थालिएको कास्की प्रहरी प्रबक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार