• होमपेज
  • समाचार
  • विप्लवको बन्द प्रभाव; बुढीगंगा गाउँपालिकामा प्रेसरकुकर बम फेला

विप्लवको बन्द प्रभाव; बुढीगंगा गाउँपालिकामा प्रेसरकुकर बम फेला

  • मङ्लबार, असार १०, २०७६
विप्लवको बन्द प्रभाव; बुढीगंगा गाउँपालिकामा प्रेसरकुकर बम फेला

राकेश कर्ण, विराटनगर, १० असार
विप्लवले नेपाल बन्दको घोषणा गरेसँगै देशभरिको जनजीवन प्रभावित छ भने ठाउँठाउँबाट बम राखिएको खबर प्राप्त हुने क्रम जारी नै छ ।

सोही क्रममा मोरङको बुढीगंगा गाउँपालिका वडा नं. ३ स्थित शान्तिचोकमा प्रेसरकुकर बम फेला परेको छ । प्रेसरकुकरमा राखिएको अवस्थामा उक्त बम हुनसक्ने प्रहरीको आशंका छ ।

आज बिहान करिब साढे ३ बजेको समयमा बम राखिएको थाहा पाएपछि पुगेको प्रहरीको टोलीले त्यहाँ जानकारी लिएको थियो । प्रेसरकुकरमा राखिएको वस्तु बम भएको हुनसक्ने आशंकापछि अहिले सो क्षेत्रमा नेपाली सेनाको टोली पुगेको जिप्रका मोरङ्गका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । साथै उनले सम्पूर्ण नगरबासीमा सचेत रहन आग्रह समेत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार