शनिबार, असार २७, २०८३
  • होमपेज
  • कला /साहित्य
  • कविताको शीर्षक: आवश्यक छ जीवनरक्षा

कविताको शीर्षक: आवश्यक छ जीवनरक्षा

  • शनिबार, असार २७, २०८३
सेयर गर्नुहोस् :
कविताको शीर्षक: आवश्यक छ जीवनरक्षा

आफैँ पीडामा,
शरीरमा आगो सल्काउँदै
किन जल्छ मान्छे?
किन आत्मदाह रोज्छ मान्छे?
के बाध्यता आइपर्छ त्यस्तो
विकल्प केवल मृत्यु खोज्छ मान्छे?
कतै कागजमा सुरक्षित भई
नीतिभित्र लुकेको व्यथिति त होइन यो?
या
भाषण र आसनमै सीमित
जिम्मेवारीको परिणति त होइन यो?
कहाँ छ जवाफदेहिता
आखिर कसको हो कर्तव्य
जीवन बचाउने?
घटना भएपछि मात्र जाग्छ प्रणाली
समिति घोषणा गरी
आश्वासन बर्साएर भाग्छ प्रणाली
तर, पीडितको घरमा
सन्नाटाबाहेक केही बाँकी रहँदैन ।
अब त ब्युँझनुपर्छ सरोकारवालाहरू
हरेक दुर्घटनाले लिइरहेछ तिम्रो परीक्षा
नबनोस् कोही यहाँ लाचार
अब त आवश्यक छ जीवनरक्षा!

चर्चामा

सम्बन्धित समाचार