• होमपेज
  • देश/प्रदेश
  • रास्वपाजनलाई गगन थापाको सुझाव- हामीले आफ्ना नेतालाई भगवान् बनाएर गल्ती गर्‍यौँ, तपाईँहरू नगर्नू

रास्वपाजनलाई गगन थापाको सुझाव- हामीले आफ्ना नेतालाई भगवान् बनाएर गल्ती गर्‍यौँ, तपाईँहरू नगर्नू

  • आइतवार, असार ७, २०८३
सेयर गर्नुहोस् :
रास्वपाजनलाई गगन थापाको सुझाव- हामीले आफ्ना नेतालाई भगवान् बनाएर गल्ती गर्‍यौँ, तपाईँहरू नगर्नू

काठमाडौं–नेपाली कांग्रेका सभापति गगन थापाले रास्वपाका कार्यकर्तालाई आफ्ना नेताहरूलाई ‘भगवान्’ नबनाउन सुझाव दिएका छन् । आज रास्वपाको महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु नहुने बताए ।

रास्वपाजनलाई सम्वोधन गर्दै थापाले भने, ‘तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन । हामीले आफ्नो दलका नेताहरुलाई भगवान र बा बनाएर गल्ति गरिसक्यौँ । तपाईँहरूले नगर्नुहोला । गल्ती गरेको बेला आफ्ना नेताहरुलाई पनि प्रश्न गर्नुहोला । हामीले ढिला गर्‍यौँ, सजाय पनि पायौँ । हाम्रो पार्टी दास र लासको पार्टी होइन भनेर केही अघि भन्न सक्नुपर्थ्यो । सकेनौँ । हामीले ढिला गर्‍यौँ । त्यसबाट तपाईँहरूले सिक्नुहोला । आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट र साहस गर्नुहोला । गल्ती गर्दा अरु पार्टीलाई भन्दा आफ्नै पार्टीलाई भन्न सक्नुपर्छ ।’

चर्चामा

सम्बन्धित समाचार