
चितवन–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले घण्टी बजाएर गरेका छन् ।
चितवनमा आयोजित उद्घाटन समारोहमा सहभागी अतिथिहरूले सामूहिक रूपमा घण्टी बजाएर महाधिवेशनको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा सभापति लामिछाने र प्रधानमन्त्री शाहसँगै अन्य विशिष्ट अतिथिहरू पनि सहभागी थिए ।
समारोहका क्रममा प्रधानमन्त्री शाहले नेपाली कांग्रेसका सभापति गगन थापालाई घण्टी हस्तान्तरण गर्दा महाधिवेशनस्थलमा उपस्थित प्रतिनिधि तथा सहभागीहरूले गड्गडाहट ताली बजाएर स्वागत गरेका थिए ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयनका साथै आगामी राजनीतिक कार्यदिशा र संगठनात्मक संरचनाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ । महाधिवेशनमा देशभरबाट प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरूको सहभागिता रहेको छ ।


