
सुस्ता रोएको देख्दै नदेख्ने नजर कस्तो होला,
कालापानी विदेशलाई दिने रहर कस्तो होला।
छाडेर गए देश बिहिन हजारौं हजार युवाहरू,
खाडि मूलुक छिर्नेहरूको खबर कस्तो होला।
दुःख लाग्छ जिन्दगी युवा छँदा बितायौं जसरी,
वृद्धा अवस्थामा जीवनको सफर कस्तो होला।
पानी बिक्री गर्छन् ढुङ्गा बालु काठ समेत बिक्री,
चक्रक्कै खोला सुकेपछि यो बगर कस्तो होला।
मुखमा आएको बोल्छन् मनपरि छ आ आफ्नै,
थाहाछैन बोलेपछि त्यस्को असर कस्तो होला।
मात्रृत्वभूमिलाई नबनाउँ खेलौँना नागरिकहरू,
आफ्नै देश यो नरहे हाम्रो अधर कस्तो होला।


