बुधबार, जेष्ठ २७, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

  • बुधबार, जेष्ठ २७, २०८३
सेयर गर्नुहोस् :
अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक आज बस्दैछ । आज अर्थ समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ८ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८३–०८४ को राजश्व र व्ययको अनुमान (बजेट) का मुख्य मुख्य व्यवस्थाका सम्बन्धमा अर्थमन्त्रीसँग छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, समितिको मस्यौदा कार्यविधिमाथि पनि छलफल हुनेछ ।

यसैगरी, सार्वजनिक लेख समितिको बैठक पनि बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्युतीय सवारी साधनको जाँचपास सम्बन्धमा हालै उठेका प्रश्नउपर छलफल गर्ने कार्यतालिका रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार