• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बझाङ बित्थडचिरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बझाङ बित्थडचिरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • बुधबार, माघ १५, २०८२
बझाङ बित्थडचिरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ —अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बझाङ बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्टसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

पालिकाभित्र रहेको सुनकुडा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहितले विभिन्न शीर्षकमा सरकारी रकम हिनामिना गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो ।

उनका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुरसहित सुनकुडा माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर अधिकारी, प्रधानाध्यापक धनबहादुर विष्ट, लेखापाल हर्कबहादुर विष्ट, गाउँपालिकाको सब इन्जिनियर किरण भण्डारीविरूद्ध मुद्दा चलाइएको हो ।

रमेशबहादुर अधिकारी, धनबहादुर र हर्कबहादुरसँग २६ लाख ५४ हजार, रमेशबहादुर विष्ट र सब इन्जिनियर किरणसँग २० लाख रूपैयाँ बिगो माग दाबी गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार