• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिनेको भीड

बाजुरामा निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिनेको भीड

  • बुधबार, माघ १, २०८२
बाजुरामा निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिनेको भीड

बाजुरा—बाजुरामा निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिनेहरुको भीड देखिएको छ । सरकारले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्नाका लागि आवेदन खुला गरेसँगै जिल्लामा दरखास्त दिनेहरुको संख्या बढेको हो ।
May be an image of one or more people, people studying and text

निर्वाचन प्रहरी भर्नाका लागि आवदेन खुला भएसँगै जिल्लाभरबाट दिनहुँ निवेदन दिनेहरुको संख्या बढिरहेको छ । बाजुरामा ९ सय ६४ नेपाल प्रहरी र ९६ जना सशस्त्र प्रहरी गरी एक हजार ६० जना निर्वाचन प्रहरी भर्ना गरिदैँ छ । निर्वाचन प्रहरीका लागि पुष २५ गतेदेखि आगामी माघ १ गतेसम्म निवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ, जसअनुसार हाल जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी गुल्ममा आवेदन संकलन जारी छ ।
May be an image of one or more people, crowd and text that says 'B 民政救文 年'

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गगनसिंह भाटले निर्वाचन प्रहरीमा आवेदन दिनेहरु भूतपूर्व सुरक्षाकर्मी, निर्वाचन प्रहरी सहित युवा युवतीहरु रहेकाे बताएका छन्। उनका अनुसार जिल्लामा पुष २५ गतेदेखि २९ गते अर्थात मंगलवारसम्म ७ सय ४० जनाले निवेदन दिएका छन् । सोमवारसम्म २ सय ७२ पुरुष र २ सय २३ महिला गरी ४ सय ९५ जनाले निर्वाचन प्रहरी भर्नाका लागि निवेदन दिएका छन् । त्यस्तै मंगलवार एक सय ५७ पुरुष र ८८ महिला गरी २ सय ४५ जनाले निवेदन दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
May be an image of one or more people and text

साधारण लेखपढ गर्न जान्ने १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नागरिकहरूले निर्वाचन प्रहरीमा भर्नाका लागि दरखास्त दिनसक्नेछन्। सेवा अवधिमा प्रतिदिन नेपाल प्रहरी जवानको शुरू तलब स्केल बराबर पारिश्रमिक प्रदान गरिने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार