शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • समाचार
  • गण्डकीको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

गण्डकीको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

  • शनिबार, मंसिर २१, २०८२
गण्डकीको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ — गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति गण्डकी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू–भागमा पनि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार