शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठलाई तत्काल पदमुक्त गर्न रक्षा बमको माग

प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठलाई तत्काल पदमुक्त गर्न रक्षा बमको माग

  • सोमवार, मंसिर ९, २०८२
प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठलाई तत्काल पदमुक्त गर्न रक्षा बमको माग

जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले नातावाद कृपावाद अँगालेर नैतिक भ्रष्टाचार गरेको भन्दै तत्काल बर्खास्त गर्न माग गरेकी छन् ।

स्वकीय श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा श्रीमतीसहित आफन्तलाई भर्ती गरेर गलत गर्नुका साथै परिवर्तनको लागि बगेको रगतको अपमान भएको बताएकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा बमले लेखेकी छन्, ‘संवेदनशील समयमा देशलाई लोकतान्त्रिक निकास दिनको लागि बनेको नागरिक सरकार यतिखेर चौतर्फी आक्रमणको सामना गरिरहेको छ । यस्तो संवेदनशील अवस्थामा बनेको सरकारको फाइदा उठाउँदै, नातावाद कृपावादलाई हाबी गराउन खोज्ने प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जस्ता मानिसहरूको स्वार्थका कारण, परिवर्तनको लागि बगेको रगतको अपमान भएको छ ।’

उनले जेनजी आन्दोलन ‘पारदर्शिता र जबाफदेहिता’ मूल मागमध्येको एक भएको भन्दै नागरिक सरकार पारदर्शी बन्दै नागरिकप्रति जबाफदेही हुनैपर्नेमा त्यसो हुन नसकेको बताएकी छन् ।  ‘आदर्श कुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्दै, नातावाद र कृपावादलाई प्रोत्साहन गरी उनले दिलाएका पारिवारिक नियुक्तिहरू तुरुन्तै खारेज गरियोस्।नागरिक सरकार सीमित व्यक्तिहरूको चङ्गुलमा फस्नुहुँदैन । सरकार बेलैमा सचेत होओस्’, बमले भनेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार