शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • १२ हजार घुस लिएको आरोपमा बाँके जिल्ला अदालतका नासुविरुद्ध मुद्दा दायर

१२ हजार घुस लिएको आरोपमा बाँके जिल्ला अदालतका नासुविरुद्ध मुद्दा दायर

  • बुधबार, मंसिर ४, २०८२
१२ हजार घुस लिएको आरोपमा बाँके जिल्ला अदालतका नासुविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला अदालतका नायब सुब्बा राम प्रसाद धमलाविरुद्ध १२ हजार रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

नायब सुब्बा धमलाले बैनाबट्टा लेनदेनसम्बन्धी मुद्दाको फैसलाको प्रतिलिपि उपलब्ध गराउन सेवाग्राहीसँग घुस रकम माग गरेको उजुरीका आधारमा आयोगको टोलीले अनुसन्धान अघि बढाएको थियो।

आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयबाट खटिएको टोलीले धमलालाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको थियो।
आयोगले धमलाविरुद्ध बिगो १२ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागदाबीसहित आरोपपत्र दायर गरेको विज्ञप्तिमा उल्लेख छ।

चर्चामा

सम्बन्धित समाचार