
बाजुरा– नेकपा (एमाले) केन्द्रीय कमिटी लेखा आयोग सदस्य बसुन्धरा रोकायाले राणा र राजा फाल्दा पनि राष्ट्रिय संरचना ध्वस्त नभएको तर जेन्जी आन्दोलनका नाममा संरचना ध्वस्त पारिएको आरोप लगाएकी छन् । नेकपा एमाले बाजुराद्धारा जिल्ला सदरमुकाम मार्तडीमा आयोजित जनप्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय लेखा आयोग सदस्य रोकायाले इतिहासका विभिन्न परिवर्तनका समयमा पनि राष्ट्रिय संरचना जोगिएको तर पछिल्लो जेन्जी आन्दोलनका नाममा त्यसमा गम्भीर आघात पुर्याइएको बताइन् ।
उनका अनुसार, “२००७ सालमा राणा शासन हटाउँदा पनि राष्ट्रिय संरचना जोगिएको थिए । तर जेन्जी आन्दोलनका नाममा अन्य शक्तिहरूले देशको सरकारी र ब्यक्तीगत घर र ब्यापारीक संरचना ध्वस्त पारे ।” सदस्य राकायाले जेन्जी आन्दोलनका मूल मागहरु सुशासन र भ्रष्टाचार नियन्त्रण उचित भए पनि त्यसभित्रको स्वार्थसमुहको चलखेल भएको दाबी गरेकी छन ।
उनले फागुन २१ गतेका लागि तोकिएको चुनावलाई हालको सरकारले नाटकको रूपमा प्रस्तुत गरेको आरोप लगाउँदै, “यो सरकारको व्यवस्थापन कमजोर भएकाले कुनै पनि हालतमा चुनाव सम्भव नभएको बताएकी छन् । ‘यो राष्ट्रियता जोगाउने अभियान हो, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता सहित समाजवादको व्यवस्थामाथि प्रहार भइरहेको अवस्थामा लोकतान्त्रीक गणतन्त्रका पक्षधर एक ठाउँमा उभिनुपर्ने समय आएको उनले बताएकी छन ।
