शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम प्रदेशमा ३० जना लेखा समूहका कर्मचारीको सरुवा

सुदूरपश्चिम प्रदेशमा ३० जना लेखा समूहका कर्मचारीको सरुवा

  • बुधबार, कार्तिक २७, २०८२
सुदूरपश्चिम प्रदेशमा ३० जना लेखा समूहका कर्मचारीको सरुवा

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले प्रशासन सेवा (लेखा समूह) अन्तर्गतका ३० जना कर्मचारीहरूको सरुवा गरेको छ। मन्त्रालयको २०८२ साल कात्तिक २५ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, अस्पताल तथा सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूलाई आन्तरिक व्यवस्थापनका आधारमा नयाँ कार्यालयमा पठाइएको हो।

मन्त्रालयका अनुसार लेखा अधिकृत रमेशकुमार थारुलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट जलस्रोत तथा सिँचाइ विकास कार्यालय, कैलाली सरुवा गरिएको छ। लेखा अधिकृत देवराज जोशीलाई  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कैलाली पठाइएको छ।

लेखा अधिकृत भीम बहादुर ऐर, सेती प्रादेशिक अस्पतालबाट पूर्वाधार विकास कार्यालय, कैलाली सरुवा भएका छन् भने खगेन्द्रराज पाण्डे माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरबाट  महाकाली अस्पताल, कञ्चनपुरमा सरुवा भएका छन्।

नरबहादुर भट्ट शिक्षा विकास निर्देशनालय, डोटीबाट पथरिया–मोहन सिंचाइ आयोजना, कैलाली, रमेश बहादुर शाह, व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, धनगढीबाट सामाजिक विकास मन्त्रालय, कैलाली रपुष्पा कुमारी फुलारा, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कैलालीबाट प्रादेशिक आयुर्वेदिक चिकित्सालय सरुवा भएका छन्।

निताकुमारी रेग्मीलाई टीकापुर अस्पतालबाट मुख्यन्याधिवक्ताको कार्यालय, नित्यानन्द जोशीलाई  खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डडेल्धुराबाट कृषि ज्ञान केन्द्र, डडेलधुरा पठाइएको छ।

हरिप्रसाद भट्टलाई जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, डडेलधुराबाट भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डडेलधुरा, त्रिमल बहादुर साउँदलाई पूर्वाधार विकास कार्यालय, डडेल्धुराबाट प्रदेश लेखा इकाई कार्यालय, डडेलधुरा तथा रामप्रसाद पन्तलाई कृषि विकास निर्देशनालय, डोटीबाट शहरी विकास तथा भवन कार्यालय, डोटी सरुवा गरिएको छ।

चक्रराज भट्टलाई खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डोटीबाट जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, डोटी, गणेशप्रसाद भट्टलाई  जलस्रोत तथा सिँचाइ विकास कार्यालय, डोटीबाट शिक्षा तालिम केन्द्र, डोटी, खगेन्द्र कार्कीलाई  जलस्रोत तथा सिँचाइ विकास कार्यालय, बझाङबाट भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बझाङ सरुवा गरिएको छ।

तर्कराज भट्टलाई खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बैतडीबाट शहरी विकास तथा भवन कार्यालय, बैतडी सरुवा गरिएको छ भने पपेन्द्र भट्टलाई महाकाली अस्पताल, कञ्चनपुरबाट डिभिजन वन कार्यालय, बैतडी पठाइएको छ।

त्यसैगरी प्रेमराज अवस्थीलाई डिभिजन वन कार्यालय, कञ्चनपुरबाट प्रदेश लेखा इकाई कार्यालय, कञ्चनपुर, जयदेव जोशीलाई जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, कैलालीबाट उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय, कैलाली सरुवा गरिएको छ।

गणेश विष्टलाई  डिभिजन वन कार्यालय, पहलमानपुरबाट मत्स्य विकास केन्द्र, गेटा, प्रेमराज जोशीलाई भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, कैलालीबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा ल्याइएको छ भने चेतराज जोशीलाई पूर्वाधार विकास कार्यालय, कैलालीबाट आर्थिक मामिला मन्त्रालय तानिएको छ।

डम्बरदेव पाण्डेलाई  जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कञ्चनपुरबाट महाकाली आयुर्वेद अस्पताल, कञ्चनपुर, जनकराज भट्टलाई जलस्रोत तथा सिँचाइ विकास कार्यालय, दार्चुलाबाट डिभिजन वन कार्यालय, दार्चुला, मदनसिंह कुँवरलाई  पूर्वाधार विकास कार्यालय, बैतडीबाट भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बैतडी पठाइएको छ।

यस्तै, दीपाकुमारी जोशीलाई डिभिजन वन कार्यालय, कैलालीबाट टीकापुर अस्पताल, प्रेमबहादुर खड्कालाई शहरी विकास तथा भवन कार्यालय, डोटीबाट स्वास्थ्य कार्यालय, डोटी सरुवा गरिएको छ।

यसैगरी हरिप्रसाद जोशीलाई प्रादेशिक आयुर्वेद स्वास्थ्य केन्द्र, कैलालीबाट पशु सेवा तालिम केन्द्र, कैलाली, टंकबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालयबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र तथा रमेश पंगेनीलाई  मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कैलालीबाट प्रदेश लेखा नियन्त्रण कार्यालय, कैलाली पठाइएको छ।

मन्त्रालयका अनुसार यी सरुवाहरू प्रदेश सरकारको नियमित मानव स्रोत व्यवस्थापन प्रक्रियाअन्तर्गत गरिएको हो।

चर्चामा

सम्बन्धित समाचार