शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • एकीकृत समाजवादी पुनर्गठन, घनश्याम भूसाल बने संयोजक

एकीकृत समाजवादी पुनर्गठन, घनश्याम भूसाल बने संयोजक

  • आइतवार, कार्तिक २४, २०८२
एकीकृत समाजवादी पुनर्गठन, घनश्याम भूसाल बने संयोजक

एकीकृत समाजवादीले घनश्याम भूसाललाई संयोजक तोकेको छ । यसअघि भूसाल महासचिवको जिम्मेवारीमा थिए । अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहितको टोलीले नेकपा माओवादी केन्द्रसँग एकता गरे पनि महासचिव भूसालले एकतामा विमति जनाएका थिए ।

शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले पार्टी पुनर्गठन गर्दै तत्कालीन महासचिव भूसाललाई संयोजक तोकेको एक नेताले बताए । सो बैठकले मंसिर पहिलो हप्ता राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ ।

भूसालले गत शुक्रबार नेकपा माओवादी केन्द्रका तत्कालीन नेता जनार्दन शर्मा र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग सहकार्य गर्ने सहमति जनाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार