शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • करदाता सेवा कार्यालयहरू खारेज, अब प्यान कार्ड स्थानीय तहबाट, अन्य सेवा अनलाइनबाट

करदाता सेवा कार्यालयहरू खारेज, अब प्यान कार्ड स्थानीय तहबाट, अन्य सेवा अनलाइनबाट

  • बिहिबार, कार्तिक २१, २०८२
करदाता सेवा कार्यालयहरू खारेज, अब प्यान कार्ड स्थानीय तहबाट, अन्य सेवा अनलाइनबाट

काठमाडौं — स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ ।

आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्ड लगायत कर सम्बन्धी सेवा सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाइएको जनाएको छ । यसअघि करदाता सेवा कार्यालयहरूबाट मात्रै प्यान कार्ड प्रदान गरिँदै आएको थियो । तर हाल करदाता सेवा कार्यालयहरू खारेज भएका छन् ।

‘स्थानीय तहबाट सो सेवा सुचारु हुन समय लाग्न सक्ने अवस्थामा ती सेवा सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै प्रवाह गर्ने व्यवस्था मिलाइएको छ’ विभागले भनेको छ ।

त्यस्तै कर भुक्तानी, कर चुक्ता प्रमाणपत्र लगायतका सेवा अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ ।

विभागअन्तर्गतका कार्यालयको सेवा प्रवाह करदाताको नजिक र प्रविधिमैत्री बनाउँदै लैजाने नीति लिएको विभागले जनाएको छ ।
करदाता सेवा कार्यालयबाट सम्पादन हुने सेवा प्रवाह सम्बन्धमा।

चर्चामा

सम्बन्धित समाचार