शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • बृहत बाम एकताको नाममा देखिएको असन्तुष्टि, ‘एकता कि नेतृत्वको प्रतिस्पर्धा : नेता शाही

बृहत बाम एकताको नाममा देखिएको असन्तुष्टि, ‘एकता कि नेतृत्वको प्रतिस्पर्धा : नेता शाही

  • मङ्लबार, कार्तिक १९, २०८२
बृहत बाम एकताको नाममा देखिएको असन्तुष्टि, ‘एकता कि नेतृत्वको प्रतिस्पर्धा : नेता शाही

बाजुरा– नेकपा (माओवादी केन्द्र) बाजुराका नेता, सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य तथा स्कुलिङ विभाग सदस्य महेश शाहीले सामाजिक सञ्जालमार्फत बृहत बाम एकता प्रति असन्तुष्टी ब्यक्त गरेका छन । शाहीका अनुसार, “एकता शब्द आफैंमा बल, ताकत र शक्तिको प्रतीक हो,” तर हाल देखिएको बृहत बाम एकताको नाममा भएको एकता भने वास्तविक अर्थमा राजनीतिक उत्सव नभई नेतृत्वको वर्चस्वकाे प्रतिस्पर्धा झल्काएको टिप्पणी गरेका छन ।
शाहीले फेसबुकमा लेखेका छन् “आजभोलिका सामाजिक सञ्जालहरू हेर्दा ‘भोक मिठो कि भोजन ? धन ठूलो कि बिद्या ? कलम कि तरवार ?’ भन्ने जस्तै प्रश्नहरू उठ्न थालेका छन् । अहिले ‘प्रचण्ड कि प्रभाकर ? माधव कि झलनाथ ? बिप्लव कि चिरन ?’ भन्ने चर्चा सामाजिक सञ्जालमा छरिएका छन् ।”
उनकाे प्रश्न छ के हामीले चाहेको एकता यस्तै हो ? यस्तो एकताले अपेक्षित सफलता दिन सक्छ ? शाहीका अनुसार, केन्द्रदेखि स्थानीय तहसम्म संगठन भित्र आन्तरिक छलफल र तहगत तयारी बिना गरिएको एकता दिगो र प्रभावकारी हुन सक्दैन । उनले भनेका छन “पार्टीको मूल नेतृत्वले जे चाह्यो त्यही हुने हो ? हामी सबै त्यतै लतारिनु पर्ने हो ?” उनले एकतामा सामेल भएका सबै दलका केन्द्रीय कमिटीहरू पूर्ण रूपमा समाहित नभएकाले वास्तविक अर्थमा “पूर्ण एकता” हुन नसकेको दाबी गरेका छन् । सामाजिक संजाल फेसबुकमार्फत उनले लेखेका छन्, “विभाजन रेखा मूल नेतृत्वबाटै आएको छ । यसको वैज्ञानिक समाधान र कम्युनिस्ट पार्टीको परिभाषित बृहत बाम एकताको पहल पनि मूल नेतृत्वबाटै हुनुपर्छ ।”
शाहीले बृहत कम्युनिस्ट एकताको चाहना पुनः दोहोर्याउँदै भनेका छन् “हाम्रो चाहना एउटै हो — एकीकृत कम्युनिस्ट केन्द्र र सच्चा बृहत बाम एकता हाे !”

चर्चामा

सम्बन्धित समाचार