शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • शिक्षामन्त्री पुनको स्टाटस–सर्को तानेको बेला केही नलेखौँ

शिक्षामन्त्री पुनको स्टाटस–सर्को तानेको बेला केही नलेखौँ

  • आइतवार, कार्तिक १७, २०८२
शिक्षामन्त्री पुनको स्टाटस–सर्को तानेको बेला केही नलेखौँ

 शिक्षामन्त्री महावीर पुनले केही आशालाग्दा अभियन्ता र अगुवाहरूले सर्को तानेर बोल्ने तथा लेख्ने गरेको अनुमान गरेका छन् ।  सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘केहि केहि आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केहि छैन । तर सर्को तानेको बेलामा केहि पनि नबोल्न र नलेख्न अनुरोध छ ।’

गएराति काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा अश्लील शब्दसहितको स्टाटस लेखेका थिए । बालेनको चौतर्फी आलोचना भइरहेको समयमा मन्त्री पुनले उनैलाई लक्षित गरेर स्टाटस लेखेका हुन् ।

mahabir

चर्चामा

सम्बन्धित समाचार